अब नेपालमा महिलाका लागि छुट्टैं बैंक स्थापना हुँदै

काठमाडाैं, १० साउन । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ […]

लाइसेन्स लफडामा निजीको डेढ अर्ब फस्यो

काठमाडौं, १० साउन । निजी क्षेत्रका प्रवर्दकले जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)का लागि राखेको धरौटी रकम सरकारले फिर्ता नगर्दा उनीहरूको एक अर्ब ४७ करोड रुपैयाँ फसेको छ । महालेखा नियन्त्रक कार्यालयले एक वर्ष बितेपछि फिर्ता नलिएका धरौटी स्वतः सदर स्याहा (राजस्वमा दाखिला हुने) पत्राचार गरेपछि ऊर्जा मन्त्रालयले यस्तो रकम फिर्ता गर्न सकेको छैन । विद्युत् विकास […]

दार्जलिङमा माओवादीहरु छिरेको समाचारले दिल्लीमा हलचल

काठमाडौँ, ९ साउन । गोर्खाल्याण्डको माग गर्दै नेपालीभाषीको आन्दोलन झन्झन् चर्कर्दै गएको छ । भारतीय संचारमाध्यमहरुले भड्काउने खाले समाचार सम्प्रेशण गरिरहेका छन् । हिन्दुस्तान टाइम र टाइम्स अफ इन्डियाले गोर्खा जनमुक्ति सेनाले तोडफोडको लागि नेपालबाट २५–३० जना माओवादीहरु ल्याएको बताएका छन् । पश्चिम बंगालका उच्च अधिकारीको हवाला दिँदै उक्त समाचार सम्प्रेशण गरिएको छ । त्यसैगरी […]

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला । ५८ वटा सरकारी वेवसाइटमाथि खतरानाक अाक्रमण

काठमाडाैं, ९ साउन । साइवर ह्याकरहरुकाे एक समूहले नेपालमा अहिलेसम्मकै ठूलाे अाक्रमण गरेकाे छ । साे समूहले नेपाल सरकारकै वेवसाइटहरुलार्इ अाक्रमणकाे निशाना बनाएकाे छ । अाफूलार्इ प्याडक्स साइबर घोस्ट नामक परिचय दिएकाे हमलाकारीले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेका छन् । साे समूहले नेपाल सरकार रक्षा मन्त्रालयदेखि कानुन मन्त्रालयसम्मका […]

साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार

डोल्पा, ९ साउन । डोल्पाको सदरमुकाम दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको प्रहरीले सकुशल उद्धार गरेकाे हाे । भेरी नदीले बगाएर ल्याएकाे काठ उतारेर बेच्नका लागि पविन मगर नदीमा पसेका […]

बाबुरामको नयाँ शक्ति र प्रचण्डको माओवादी केन्द्रबीच एकता प्रयास सुरु

काठमाडौ, ९ साउन । संघीय समाजवादी फोरमसँग पार्टी एकता नभएपछि नयाँ शक्तिका केही नेताहरुले माओवादी केन्द्रसँग छलफल सुरु गरेका छन् ।नयाँ शक्तिका संगठनका विभाग प्रमुख देवेन्द्र पौडेलको अगुवाईमा माओवादी केन्द्रसँग छलफल सुरु भएको हो । अन्तिम चरणमा  आएर उपेन्द्र यादवले धोका दिएको भन्दै नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग छलफल सुरु गरेको स्रोत बतायो । नेता […]

सुनकाण्डका खास तस्करहरु महल थप्दै भरिया जेलमा जाकिदै

काठमाडौं । प्रहरीले बारम्बार करोडौं मूल्य बराबरको सुन बरामद गर्दै आएको छ, तर पनि तस्करी रोकिएको छैन । यति धेरै सुन बरामद हुँदा पनि किन तस्करी रोकिएन ? किनकि सुन तस्करीका नाइकेहरु सधैँ सुरक्षित हुने गर्दछन् । प्रहरीले जतिसुकै अनुसन्धान गरेपनि उनीहरु जेल जानु पर्दैन । एक पटक बरामद भएको सुनको लगानी २÷४ पटक तस्करी […]

१८ बर्षदेखि लाउडा काण्डको पौने २ अर्ब बेरुजु अझै सल्टिएन

काठमाडाै‌‌ । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो […]

सदावहार झगडिया पार्टी बनेको राप्रपा फेरि फुट्दै

काठमाडौं, ९ साउन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन । बरु अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन । अब फेरि राप्रपा विभाजनकाे संघारमा पुगेकाे छ । केही समय अगाडि मात्रै एक ठाउँमा अाएका राप्रपाका नेताहरु फेरि फुटेर अाअाफ्ना गुटका अाअाफ्नै […]

बादलले आफूलार्इ मार्ने योजना बनाएको भन्दै प्रचण्डले बैठकमै आरोप लगाएपछि

काठमाडौं, ८ साउन । चुनावी समीक्षा गर्न बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा शनिबार सम्पन्न भएको छ । अाइतबार पत्रकार सम्मेलन गरेर बैठकले लिएका निर्णय सार्वजनिक गरिएको हो । बैठकका एजेन्डा भन्दा पनि नेताहरुबीचको घोचपेचले बैठक अवधिभरि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै छाए । बैठकले लिएका निर्णय भन्दा धेरै चर्चा समापनमा अध्यक्ष प्रचण्डले आफूलाई मार्ने […]