रामचन्द्रसँगै तनहुँबाट २६ वर्षपछि पूरै स्वीप भयो कांग्रेस, किसानले यसरी हराए रामचन्द्रलार्इ

तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसमा देउवाका कट्टर प्रतिस्पर्धी मानिएका रामचन्द्र पाैडेल पराजित भएका छन् । २६ वर्षदेखि लगातार तनहुँबाट चुनाव जित्दै अाएका पाैडेल यसपटक वामगठबन्धनका अगाडि टिक्न सकेनन् । पाैडेललार्इ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका किसानकुमार श्रेष्ठले पराजित गरेका हुन् । त्याे पनि ठूलै मत अन्तरले पाैडेललार्इ पराजित गरेका छन् किसानले । तनहुँ […]

राैतहटमा कांग्रेसको विजयी जुलुसमा चल्याे गाेली, जित्ने र हार्ने समूकाबीच झडप

राैतहट, २४ मंसिर । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत […]

कुन दलले कुन ठाउँमा कति जिते ? हेर्नुहोस् जित्नेहरुको एकमुस्ठ नामावली

काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभाको १६५ सिटमध्ये नेकपा एमाले ७५, माओवादी केन्द्र ३२ र नेपाली काँग्रेस १८ सिटमा विजयी भएका छन् । जारी मतणना अनुसार संघीय समाजवादी फोरम ८  र राजपा ७ स्थानमा विजयी भएका छन् । गोरखामा नयाँ शक्ति नेपालका संयोजक डा. […]

वामले मत बढाउँदै गर्दा बालकोटमा ओलीले बोले यस्तो बोली

  भक्तपुर, २४ मंसिर । देशभर वामगठबन्धनले अग्रता लिइरहेका बेला गठबन्धनका प्रमुख नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पत्रकार भेटघाट गरेका छन् । भक्तपुरकाे बालकाेटमा रहेकाे अाफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै अाेलीले वामगठबन्धनले अब नेपाललार्इ नमूना देश बनाउने बताए । उनले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई जनताले परास्त गरेको […]

प्रचण्डबारे नेपाली सेनाले तयार पारेको यस्तो गोप्य रिपोर्ट बाहिर आयो

चितवन, २४ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेका वामगठबन्धका प्रमुख नेता पुष्पकमल दाहालले हार्ने दावी केहीले गरिरहँदा नेपाली सेनाकाे एउटा गाेप्य रिपाेर्ट बाहिर अाएकाे छ । नेपाली सेनाले तयार पारेकाे एउटा रिपाेर्टमा प्रचण्डले ७ हजार मत अन्तरमा चुनाव जित्ने उल्लेख छ । प्रचण्डकाे चुनावी नतिजालार्इ अहिले निकै चासाेका साथ हेरिएकाे छ । […]

प्रहरीका मोस्ट वान्टेड रेशम चौधरी भूमिगत भएरै जितको नजिक, उम्मेदवारी परेर जित्न थालेपछि बल्ल थाहा पायो प्रहरीले

धनगढी, २४ मंसिर । प्रहरीका सर्वाधिक खाेजीकाे सूचीमा रहेका एक व्यक्तिले चुनाव जित्ने अवस्थामा पुगेका छन् । राेचक त याे छ कि ती व्यक्तिले अहिले चुनाव जित्न थालेपछि बल्ल प्रहरीले अब के गर्छ भन्ने चर्चा सुरु भएकाे छ । भूमिगत अवस्थामै सुटुक्क उम्मेदवारी दर्ता गरेर भूमिगत अवस्थामै प्रचार प्रसार गरेर जित्नै लागेपछि बल्ल प्रहरीले चुनाव […]

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी केन्द्रलाई अागामी सरकारको चावी बुझाउने देखिएको छ । यो समाचार तयार पार्दासम्म एमालेले ४७ स्थानमा जित हात पारिसकेको छ भने ३१ स्थानमा अग्रता लिएको छ । त्यसैगरी माओवादी केन्द्रले १६ स्‍थानमा जितेको छ भने १३ […]

समानुपातिक तर्फ पनि एमाले पहिलो माओवादी केन्द्र तेस्रो

काठमाडौं, २४ मंसिर । प्रत्यक्ष निर्वाचनमा पहिलाे स्थानमा लिड गरिरहेकाे नेकपा एमाले समानुपातिक तर्फ पनि अग्रस्थानमा रहेकाे छ । हाल पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । अहिलेसम्म मतगणना सुरु भएका करिब आधा दर्जन निर्वाचन क्षेत्रकाे परिणाम अनुसार एमालेले अग्रस्थान हासिल गरेकाे छ । त्यसैगरी नेपाली कांग्रेस दाेस्राे स्थानमा छ भने […]

डिअार्इजी सिलवालले यसरी पाे पछारे राणालार्इ, गृहमन्त्री बन्ने चर्चामा सिलवाल

काठमाडौं, २३ मंसिर । पूर्व डिअाईजी नवराज सिलवाल विजयी भएका छन् । चुनाव केही समय पहिले नेकपा एमालेमा प्रवेश गरेका सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गरी विजयी हात पारेका छन् । सिलवालले नेपाली काँग्रेसका युवा नेता उदयशमसेर राणालाई फराकिलो मतान्तरले पराजित गरेका छन् । […]

कृष्णबहादुर महरा १३९२३ मत अन्तरले विजयी

दाङ, २३ मंसिर । माअाेवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन । दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका महराले नेपाली कांग्रेसका राजु खनाललार्इ पराजित गरी विजयी भएका हुन् । महराले कांग्रेस उम्मेदवार १३ हजार ९ सय २३ मतकाे अन्तरले पराजित गरेका छन् । महराले ३९ हजार ९ सय […]