डिअार्इजी सिलवालले यसरी पाे पछारे राणालार्इ, गृहमन्त्री बन्ने चर्चामा सिलवाल

काठमाडौं, २३ मंसिर । पूर्व डिअाईजी नवराज सिलवाल विजयी भएका छन् । चुनाव केही समय पहिले नेकपा एमालेमा प्रवेश गरेका सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।

सिलवालले ३६ हजार ९४६ मत प्राप्त गरी विजयी हात पारेका छन् । सिलवालले नेपाली काँग्रेसका युवा नेता उदयशमसेर राणालाई फराकिलो मतान्तरले पराजित गरेका छन् । राणाले २० हजार ७२९ मत मात्रै पाए ।

प्रहरी प्रमुख नियुक्तिमा किचलो निकालेका सिलवाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बनाउने सार्वजनिक कार्यक्रमहरुमै घोषणा गरेका थिए । ओलीका अहिलेका चुनावी सहयात्री प्रचण्ड नेतृत्वको सरकारले तत्कालिन डिअआईजी जयबहादु चन्दलाई प्रहरी प्रमुख बनाउन लाग्दा सिवलाल अवरोध गरेकै कारण ओली नजिक भएका थिए । त्यति बेला प्रचण्ड ओलीका राजनीतिक दुश्मन थिए ।

सिलवाल डिअाइजीकाे जागिरबाट राजिनामा दिएर राजनीतिमा हामफालेका हुन् । प्रहरीमा अाइजीपी बन्ने दाैडमा असफल भएपछि उनी राजनीतिमा हामफालेका हुन् । उनी राजनीतिमा हामफालेसँगै उनकाे गृहमन्त्रीकाे चर्चा चलेकाे थियाे । एमाले अध्यक्ष ओलीले अाफ्नो वचन पूरा गर्न सिलवाललाई गृहमन्त्रीको रुपमा अागडि सार्छन् वा चुनावी नारा मात्रै हो भन्ने कुरा अबको एक महिनाभित्रै थाहा पाइनेछ ।

Loading...