भोट नदिएको झाेकमा काँग्रेस समर्थकको हत्या !

रौतहट, २३ मंसिर । चन्द्रपुर नगरपालिकामा शनिबार साँझ दुई समूहबीच भएको भएको छ । झडपको क्रममा एक जनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । यसैबीच, घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै गौर चन्द्रपुर सडकखण्डको बालचनपुरमा चक्काजाम गरेका छन् ।

साँझदेखि भएको चक्काजामले गर्दा गौर चन्द्रपुर सडकखण्डको यातायात ठप्प भएको छ । भोट नदिएका कारण योजना बनाएर यसरी ठाकुरलाई मारिएको स्थानीय बासिन्दाले बताएका छन् । हत्या गरिएको भनिएका ठाकुर नेपाली काँग्रेस समर्थक रहेको बताइएको छ ।

अाक्रमणकारीहरु राजपाका कार्यकर्ता भएको बताइए पनि राजपाका स्थानीय नेताहरुले एमालेका कार्यकर्ताहरुले अाफ्ना समर्थकमाथि अाक्रमण गरेको बताएका छन् ।

Loading...