नवराज सिलवाललार्इ पक्रन पक्राउ पुर्जी जारी, सिलवालले उपत्यका छाडे, नवराजलार्इ जेल नहाली देउवाले सरकार नछाेड्ने

काठमाडौं, १८ पुस । नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन् ।

आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही साताअघि आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको ठहर गर्दै अनुसन्धान अघि बढाउन अादेश दिएकाे थियाे । उनी ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।

साेही फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरी प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले जानकारी दिए ।

सिलवालविरुद्ध गत ५ पुसमा महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो । डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरूलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध जाहेरी दर्ता भएको थियो। स्राेतका अनुसार सिलवाललार्इ पक्राउ गरी सजाय नदिएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाेड्ने भएका छन् । 

Loading...