काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण […]
मुख्य समाचार
पश्चिमी वायूको प्रभावका कारण देशका केही भागमा पानी र हिमपात
काठमाडौं, ८ चैत । पश्चिमी वायूको प्रभावका कारण पश्चिमका केही क्षेत्रमा पानी परेको छ । दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपागगन्ज, दाङलगायतका क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्रमा अहिले पनि परेको महाशाखाले जनाएको छ । यस्तै बुधबार रातिदेखि केही हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । जुम्लामा […]
सुन चाँदीको भाउ बढ्यो, कति छ तोलाको ?
काठमाडौं, ८ चैत । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि […]
एकाएक भारत भ्रमणको तयारीमा लागे प्रधानमन्त्री ओली
काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । ओली यही महिना भारत भ्रमण गर्ने तयारीमा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । चैत अन्तिम साता भारत भ्रमणमा जाने गरी तयारी भइरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अहिले मिति तय नभएपनि ओली भारत जाने निश्चित भएको छ । दुई देशको सहमतिमा छिट्टै मिति समेत […]
बलात्कारी खत्रीपछि जिल्ला शिक्षा अधिकारी नेकपाको टार्गेटमा, क्रान्तिकारीले गर्यो यस्तो कारवाही
टेकेन्द्र बोहोरा, बझाङ। नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट, दलाल, तस्कर, बलात्कारी, माफिया र घुसखोरहरुमाथिको कारवाहीलाई तिब्र बनाउदै लागेको छ । बुधबार बिहानै आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको केहि घण्टामै अर्का भ्रष्ट र कमिशनखोर जिल्ला शिक्षा अधिकारी पनि नेकपाको टार्गेटमा परेका छन् । बुधबार रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माध्यमिक […]
एनसेलका ग्राहकले गर्छन् बढी खर्च
काठमाडौं, ८ चैत । नेपालमा एकजा टेलिफोन प्रयोगकर्ताले वर्षभरिमा औसतमा दुई हजार दुई सय ३४ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका पाँच वटा दूरसञ्चार कम्पनीका ग्राहकले गरेको वार्षिक खर्चलाई आधार मान्दा यस्तो देखिएको हो । नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीमध्ये एनसेलका ग्राहकले सबैभन्दा बढी खर्च गर्ने गरेको पाइएको […]
आफ्नै विद्यार्थी बलात्कार गर्ने ‘हेड मास्टर’माथि नेकपाले यसरी गर्यो कारवाही !
काठमाडौं, ७ चैत । आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको हो । सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको […]
दुई दशकदेखि ठप्प बलेवा विमानस्थलमा उडान सुरु, तारा एयरले गर्यो परीक्षण
पर्वत, ६ चैत । झन्डै साढे दुई दशकदेखि ठप्प रहेको बाग्लुङको बलेवा विमानस्थलमा परीक्षण उडान गरिएको छ । यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारीका लागि बलेवा बिमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित उडान गर्न कुनै कठिनाई नभएको बताएको छ । पाईलट क्याप्टेन […]
लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने पक्षमा उभिए डोनाल्ड ट्रम्प
एजेन्सी, ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । दुखाइ कम गर्ने पेनकिलर औषधिको दुव्र्यसनसम्बन्धी समस्यासँग जुध्ने योजनाअन्तर्गत उनले मृत्युदण्डको योजना अगाडि सारेका हुन् । ओपीओइड भनिने नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित न्यू ह्याम्पशायर राज्यमा बोल्दै राष्ट्रपति ट्रम्पले लागुऔषध तस्करलाई मृत्युदण्ड दिने व्यवस्थाका लागि काम भैरहेको बताए । तर […]
आज दिन र रात बराबर हुने, थाहा पाउनुहोस् यस्तो छ कारण
काठमाडौं, ६ चैत । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो […]










