कुनै समय अग्रणी रहेका इराक र सिरिया अहिले मानवीय दु:ख र कुँडाककर्टको बन्जर भूमि बनेका छन् । केही समयअघि सार्वजनिक भएको चिल्कोट रिपोर्टले हामी यस्तो अवस्थामा कसरी पुग्यौँ भनी व्याख्या गर्न सहयोग पुर्याउछ । २००३ मा इराकमाथि अमेरिका–नेतृत्वको हस्तक्षेपमा बेलायती गल्तीको हदसम्म विस्तृतमा चर्चा गरेको छ । रिपोर्टको निष्कर्षमा जोडिएकाहरू त्यसलाई खण्डन गर्न दुईवटा तर्क प्रयोग गरिरहेका छन् ।
पहिलो, बेलायती प्रधानमन्त्री टोली ब्लेयरले अघि सारेका छन् । उनी भन्छन्, इराकी राष्ट्रपति सद्दाम हुसेनलाई शक्तिमै रहन दिइएको भए विश्व आज त्यसवेलाभन्दा खराब हुने थियो । दोस्रो, इराकमाथिको हस्तक्षेप पूर्ण रूपमा सफल हुने थियो । तर, उत्तर–हस्तक्षेपको योजनाको अभावमा विध्वंस मच्चियो ।
पहिलो तर्क पूर्णत: झुट हो । यो उक्त विनाशकारी निर्णयमा जिम्मेवारहरूको इज्जत जोगाउने उपाय अन्तिम उपाय मात्र हो । यद्यपि, दोस्रो तर्कमा केही सत्यता छ ।
बौद्धिक पर्यवेक्षक तथा अन्य जसले उक्त समयमा इराकबाट रिपोर्ट गरे, सद्दाम शक्तिद्वारा प्रभाव लाद्ने उक्त क्षेत्रकै नमुना थिए । मैले पनि त्यसवेला इराकबाट रिपोर्ट गरेको थिएा । घरेलु रूपमा उनी उत्पीडिक हत्यारा नै थिए, तर उनको प्राथमिक सुरक्षा चासो इरानसँग थियो । उनले पश्चिमको सहयोगमा झन्डै दश वर्षसम्म बेकारको युद्ध गरे, जसले लाखौँको ज्यान लियो र गतिरोधमा अन्त्य भयो ।
जब सद्दामले १९९० मा कुवेतमाथि हस्तक्षेप गरे, उनले यो तेल र जमिन दाबीबारे पूर्णत: क्षेत्रीय झगडा हो भनेर लिए । पश्चिमले मलाई हरियो बत्ती बालेको छ भनेर गलत बुझे ।
कुवेतमाथिको हस्तक्षेप अप्रेसन डेजर्ट स्ट्रोमले उल्ट्याइदियो । यो हस्तक्षेप र अन्य गतिविधिका कारण अमेरिका, बेलायत तथा फ्रान्सले गम्भीर प्रतिबन्धहरू तथा इराकको ठूला भागमा उडान निषेधित क्षेत्र घोषणा गरियो । यी सबैका कारण सद्दामको इराक असाध्यै कमजोर भएको थियो । लगभग टुट्ने अवस्थामा पुगिसकेको थियो ।
आफ्नो राज्य खुम्चिएको भए पनि सद्दामले इरानमाथि अपमान गर्न छाडेनन् । त्यसक्रममा उनले आफूसँग आमनरसंहारका हतियार रहेको संकेत पनि दिए । तर, इराकले १९९१ मै आणविक परियोजना त्याग गरिसकेको थियो । ऊसँग कुनै जैविक हतियार थिएन, रासायनिक हतियारको क्षमता पनि सीमित थियो । कुवेतबाट लखेटिएपछि सद्दामको सत्ताले यो क्षेत्र वा पश्चिमलाई कुनै गम्भीर खतरा दिइरहेको थिएन । स्याललाई खोरमा थुनेजस्तो सद्दाम नियन्त्रणमा थियो ।
सेप्टेम्बर ११ को आत्रमणपछि जर्ज बुसले अफगानिस्तानमाथि धाबा बोले, जहाँ तालिवानी सरकारद्वारा संरक्षित अल कायदाले तालिम केन्द्रहरू चलाएको थियो । २००१ को डिसेम्बरमा बुस इराकमाथि आक्रमण गर्ने मनस्थितिमा पुगिसकेका थिए ।
तर, बुसका लागि सद्दामको सत्ता र इस्लामिक अतिवादीबीच सम्बन्ध छ भनेर देखाउनु सबैभन्दा ठूलो समस्या थियो । वास्तवमा तिनीहरू एकअर्काका दुश्मन थिए । त्यसैले इराकमाथि युद्ध चलाउन उनीहरूले एउटा औचित्यको सिर्जना गरे, आमनरसंहारका हतियारको । वास्तवमा इराकबाट कुनै खतरा नै थिएन वा इराक त्यस्तो हतियार परिचालन गर्ने अवस्थामै थिएन । १९८८ मा सद्दामले रासायनिक हतियार प्रयोग गरेका भए पनि अन्तर्राष्ट्रिय समुदायबाट केवल उडान निषेधित क्षेत्र लागू गरेका थिए, नाकाबन्दी लगाइएन । २००३ मार्चमा राष्ट्रसंघको जााचका क्रममा कुनै त्यस्तो हतियार भएको प्रमाण नै भेटिएन ।
२००३ को सोझो उद्देश्य सत्ता परिवर्तन थियो । त्यसो त ब्लेयरले मोटामोटी यो स्विकारिसकेका छन् । यही महिनाको सुरुतिर उनले संसद्को विदेश मामिला समितिमा बताए कि लिबियामा आक्रमण गर्दा इराकजस्तै हुने हो कि भन्ने द्विविधा उनमा थियो ।
२००३ मा हस्तक्षेप नभएका भए आज विश्व कस्तो हुन्थ्यो होला भनेर अनुमान मात्र गर्न सकिन्छ । वृद्ध सद्दाम हुसेनले आजसम्म पनि शासन गरिरहेको हुन सक्थ्यो, तर उनले आफ्ना जनताबाहेक अन्यलाई खास चुनौती दिनै सक्दैनथे । तर, के गर्ने ब्लेयरसमेत खासै विश्वास गर्दैनन् । उक्त हस्तक्षेप नहुन्थ्यो भने मध्यपूर्वमा भइरहेको बबन्डर हुने थिएन र युरोपको सुरक्षामाथि यति ठूलो सुरक्षा चुनौती पनि हुने थिएन ।
(हार्भे बेलायती संसद्का पूर्वसदस्य हुन्)