पश्चिमका विकसित अर्थव्यवस्थाको राजनीतिले सन् १९३० यता सबैभन्दा ठूलो धक्का व्यहोरिरहेको छ । त्यो ठूलो अपस्फीतिले एट्लान्टिकका दुवैतर्फका त्यस्ता राजनीतिक शक्तिलाई पुनर्जीवित गरिरहेको छ, जो दोस्रो विश्वयुद्धयता निष्क्रिय थिए । राजनीतिमा फेरि आवेग फर्कन लागेको छ, तर हामीले आशा गरेजसरी होइन ।
अहिलेसम्म वामपन्थीहरूले रक्षा गरेको संस्थापन–विरोधी धारणा दक्षिणपन्थीहरूले लिन थालेका छन् । अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार हिलारीमाथि उनको वाल स्ट्रिटसँगको निकट सम्बन्ध, विदेशी भूमिमाथि हस्तक्षेप गर्न उनमा रहेको इच्छा, लाखौँ–करोडौँ कामदारको जीवनस्तरलाई अवमूल्यन गर्ने खुला व्यापार सम्झौता अपनाउने आतुरता आदिलाई लिएर हमला बोलिरहेका छन् । बेलायतमा ब्ेरक्जिटले राष्ट्रिय स्वास्थ सेवाको उत्सुक रक्षकमा प्रबल थ्याचरवादीहरूलाई राखिदिएको छ ।
यो बदलाव अभूतपूर्व भने होइन । लोकप्रिय दक्षिणले अपस्फीतिको समयमा अर्ध–वामपन्थी नारा लिएकै थियो । १९२० र १९३० का नेतृत्वदायी नाजी फासीवादीहरूको भाषण हेर्ने हो भने त्यो देखिन्छ । मुसोलिनी सामाजिक सुरक्षाको कुरा गर्थे भने गोयबल्स आर्थिक क्षेत्रका विकृतिहरूको कडा आलोचना । झट्ट हेर्दा वामपन्थी लक्ष्यबाट हेर्दा चिन्न मुस्किल पर्ने ।
आज हामी जे भोगिहेका छौँ, विश्व पुँजीवादमा आएको संकटपछि केन्द्रवादी राजनीतिभित्रै भएको प्राकृतिक विस्फोट हो । दक्षिणपन्थ जायज आक्रोश र पीडितहरूको निराश आकांक्षालाई भेट्टाउने र त्यसको आडमा आफ्ना एजेन्डाहरू अघि बढाउने पुरानै तरिका पुनरावृत्ति गरिरहेको छ ।
यो सबै १९४४ मा ब्रेटोन उड्समा स्थापना गरिएको अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको मृत्युसँग सुरु भएको हो । यसले युद्धपछिको राजनीतिक सहमतिलाई सम्भव तुल्याएको थियो । यो ‘मिश्रित अर्थतन्त्र’ मा आधारित थियो, असमानतालाई सीमित गरेको थियो र यसले बलियो वित्तीय विनिमयलाई अवलम्बन गथ्र्यो । त्यो ‘सुनौलो युग’ १९७१ मा तथाकथित निक्सन धक्कापछि अन्त्य भयो, जब अमेरिकाले बचत गुमायो र विश्व पुँजीवादलाई स्थिर राख्यो ।
उल्लेखनीय छ, दोस्रो विश्वयुद्धपछि अमेरिकी प्रभुत्व उसको व्यापार तथा बजेट घाटासँगसँगै बढ्यो । ती घाटालाई परिपूर्ति गर्न बैंकरहरूलाई खुला छाडिनुपथ्र्यो भने ब्रेटोन उड्सलाई नियन्त्रण गर्नुपथ्र्यो ।
अमेरिका र युरोपको मानवीयताको ठूलो हिस्सा असाध्यै ऋणी र महँगो भयो । उनीहरूको चरम बेवास्ता भयो, जसले गर्दा ट्रम्पको त्रासको हतियार, फ्रान्सेली नेसनल फ्रन्टकी नेता मरिन ली पेनको आप्रवासीप्रतिको फोबिया, ब्रेक्जिटहरूको फेरि महान् हुने दृष्टिकोणले उनीहरू लोभिन तयार भए । जसै उनीहरूको संख्या बढ्दै छ, परम्परागत राजनीतिक पार्टीहरू असान्दर्भिक हुँदै छन् । यसले दुईवटा राजनीतिक धुरीको उदय गराउँदै छ ।
एउटा धुरीले उदारीकरण, भूमण्डलीकरण र वित्तीयकरणको पुरानो त्रिकोणलाई प्रतिनिधित्व गर्छ । यो अझै शक्तिमा हुन सक्छ तर बिस्तार झर्दै छ । जस्तै डेभिड क्यामरुन, युरोपका सामाजिक जनवादीहरू, हिलारी क्लिन्टन, युरोपेली कमिसन । यसमा ग्रिसको सिरिया नेतृत्व सरकार पनि अट्छ ।
ट्रम्प, ली पेन, बेलायतका दक्षिणपन्थी ब्रेक्टिजरहरू, पोल्यान्ड तथा हंगेरीका अनुदारवादी सरकारहरू तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोस्रो धुरी बनाउँदै छन् । तिनीहरूले प्रतिनिधित्व गर्ने भनेको राष्ट्रवादी अन्तर्राष्ट्रियता हो ।
यी दुई धुरीबीचको लडाइँ साँचो र भ्रमित बनाउने दुवै खालको छ । तर, यी दुई प्रतिद्वन्द्वी एकअर्काका शत्रु होइनन्, सहयोगी हुन् । यो राजनीतिक धरापको एक मात्र निकास भनेको फेरि लोकतान्त्रिक राजनीतिलाई जागृत गर्न तयार भएको विश्वभरिका बहुसंख्याको ऐक्यबद्धतामा आधारित प्रगतिशील अन्तर्राष्ट्रियतावाद हो । यो मायाबी सुनिए पनि आवश्यक कच्चापदार्थ पहिलेदेखि नै उपलब्ध छ भन्नेमा जोड दिनु सही हुन्छ ।
अमेरिकामा बर्नी स्यान्डर्सको ‘राजनीतिक क्रान्ति’, बेलायतको लेबर पार्टीमा जर्मी कोर्बिनको नेतृत्व, युरोपमा डेमोक्रेसी इन युरोप मुभमेन्ट आदि अन्तर्राष्ट्रिय प्रगतिशील आन्दोलनका संवाहक हुन् । यिनले बौद्धिक इलाकालाई व्याख्या गर्न सक्छन्, जसमाथि लोकतान्त्रिक आन्दोलन निर्माण गरिनुपर्छ ।
यो ठूलो अपस्फीतिले एउटा ठूलो प्रश्न खडा गर्छ, के मानवताले एउटा नयाँ, प्राविधिक रूपमा विकसित र ‘हरित्’ बै्रटोन बुड्र्स निर्माण गर्न सक्छ, जसले हाम्रो पृथ्वीलाई वातावरणीय र आर्थिक रूपमा टिकाओस् ? हामी प्रगतिशील अन्तर्राष्ट्रियतावादीहरूले यो प्रश्नको उत्तर दिएनौँ भने कसले दिन्छ ? पश्चिमा शक्तिका लागि मरिहत्ते गरिरहेको कुनै पनि धुरीले यसको सामना गर्न चाहँदैन ।
(ग्रिसका पूर्वअर्थमन्त्री भारोफाकिस एथेन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्)