काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ। टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको इन्जुरी समयमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जित दर्ता गरेको हो। खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले सुरुवाती अग्रता भने गुमाएको थियो। ५३औं […]
मुख्य समाचार
एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ। पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। बिहीबार उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेकोको इजलासले रिट खारेज गरेको हो।
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सहज बहुमतको सरकारले सङ्घीय संसद् रोकेर ल्याएका ८ मध्य ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित भएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा दफावार छलफलपछि ४ अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका हुन् । रास्वपा वरिष्ठ नेता वालेन्द्र(बालेन) शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बैशाखमा ८ अध्यादेश जारी गरेका […]
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन्। जिल्ला प्रहरी […]
युक्रेनको राजधानी किभमा भीषण रुसी हमला, नागरिकहरूले मेट्रो स्टेसनमा कटाए रात
एजेन्सी । रूसले युक्रेनको राजधानी किभमा भीषण हमला गरेको छ। बिहीबार बिहानै रूसले ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत युक्रेनी राजधानी लगायतका क्षेत्रमा हमला गर्दा कम्तिमा एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आक्रमणमा ११ जना घाइते भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। रुसले सुरूमा ड्रोन हमला गरेको थियो। त्यसपछि ब्यालिस्टिक मिसाइल प्रहार गर्दा शहरका विभिन्न […]
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा प्रवेश
सान फ्रान्सिस्को । फोलोरिन बालोगुन एकै खेलमा हिरो र भिलेन दुवै बने पनि विश्वकप २०२६ को सह-आयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिका २-० गोलले विजयी बनेको हो । पहिलो हाफको अन्तिमा समयमा फोलोरिन बालोगुनले गोल गर्दै टोलीलाई दिलाएका थिए । […]
देशभर मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । बिहीबार देशको हिमाली र पहाडी भू-भागको केही […]
पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । उपत्यकाका पेट्रोल पम्पहरुमा उपभोक्ताको केही लाइन देखिएपछि पेट्रोलियम पदार्थको अभाव भएको हो कि भन्ने आशंका उत्पन्न भएका बेला जिगमाले यस्तो दावी गरेको हो । ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर […]
श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर […]
राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने
काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा सुरु हुनेछ । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सांसद रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं […]











