काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका छन् । यसअघि नेपाली महिला टिमले विदेशी […]
मुख्य समाचार
एमाले महाधिवेशन : कार्यतालिकामा सामान्य हेरफेर, सर्यो मतदानको समय
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको समय सकिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली आजै साँझ ६ बजे प्रकाशन गर्ने तयारी छ । उम्मेदवारीउपर उजुरी लिने र निर्णय गरेर आजै राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । मतदान भोलि हुनेछ । यसअघि […]
जनताको मौलिक समस्यालाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको सञ्चार माध्यम समाज परिवर्तनको प्रभावकारी हतियार हुने बताए। भक्तपुर नगरपालिकाद्वारा आयोजित टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नगरपालिका मातहत सञ्चालित ख्वप टेलिभिजन स्थानीय सरकारद्वारा सञ्चालित देशकै पहिलो टेलिभिजन भएको दावी गर्दै यसले […]
यस्तो छ एमाले महाधिवेशन उद्घाटनमा सहभागीको वास्तविक संख्या
भक्तपुर । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको उद्घाटनमा ३ लाख नेताकार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्ने दावी अनुचित होइन । करिब ७ लाख संगठित सदस्य बनाएको बताउने एमालेले ३ लाख महाधिवेशन उद्घाटनमा आउने अपेक्षा गर्नु सामान्य नै विषय हो । प्रचार विभाग प्रमुख रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले शुक्रबार पत्रकार सम्मेलनमा शनिबारको उद्घाटन सत्रमा ३ लाख […]
बिधान अधिवेशनको बिजोग, पुरानै संरचनामा फर्कियो एमाले
काठमाडौ । नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो। यसअघि विधान महाधिवेशनले पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले […]
विदेशी चलखेल रोक्न मिसाइल छैन, जनताको शक्ति नै हाम्रो अस्त्र हो : प्रचण्ड
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्न ब्यालेस्टिक मिसाइलजस्ता हतियार नभई जनताको एकता नै निर्णायक शक्ति भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप रोक्ने क्षमता सैन्य अस्त्र–शस्त्रमा नभई जनशक्तिमा निहित रहेको स्पष्ट पारे। ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै,’ […]
अब नेताहरूलाई भाग्ने छुट छैन, समाजवाद कार्यान्वयन गर्नैपर्छ : वामदेव
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा समाजवाद निर्माण गर्न नसके आफूहरूलाई जेल हाल्न जनतालाई खुला चुनौती दिएका छन्। शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले समाजवाद कार्यान्वयनमा नेतृत्व चुके जनताले सजाय दिनुपर्ने धारणा व्यक्त गरे। भाषणका क्रममा आक्रामक रूपमा प्रस्तुत भएका गौतमले अब नेताहरूलाई जिम्मेवारीबाट भाग्ने कुनै छुट नभएको […]
कम्युनिस्ट सरकारले केही गरेन’ भन्ने आरोप गलत : माधव नेपाल
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले कुनै कामै नगरेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा देशका लागि महत्वपूर्ण विकासका कामहरू सम्पन्न भएको दाबी गरे। ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम […]
निर्वाचनका लागि ललितपुरमा काङ्ग्रेसका ३१ उम्मेदवार सिफारिस
ललितपुर । नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष […]
पत्रकारलाई थप जिम्मेवार बनाउन मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण
जनकपुरधाम । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले सहकार्य गरी “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम […]











