काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ। महामन्त्री विपिन आचार्यले मंगलबार एक सूचना जारी गर्दै शुक्रबार केन्द्रीय समिति बस्ने जनाएका छन्। उनका अनुसार पार्टी सभापतिको निर्देशानमा शुक्रबार बैठक बोलाइएको हो। केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने भएकाले अनिवार्य उपस्थितिका लागि सूचित गरिएको उनले जारी गरेको सूचनामा […]
मुख्य समाचार
मकवानपुर गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु
हेटौडा । मकवानपुरमा गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ८ बजे भीमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए। मृतक ४९ वर्षीय लक्ष्मी बडू हुन्। उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडूकी श्रीमती हुन्। उनको टाउकोमा […]
उपसभामुख ठाकुरले दिइन् पत्रकार किशोर श्रेष्ठविरूद्ध जाहेरी
काठमाडौँ । प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा पत्रकार श्रेष्ठविरूद्ध जाहेरी दिएकी हुन्। यसबारे परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीले पुष्टि गरेका छन्। ‘जाहेरी आएको छ। त्यसभित्रको सबै विवरण हेरिसकेका छैनौं। प्रक्रियामा छ,’ उनले भने। कुन कसुरमा जाहेरी परेको भन्ने उनले खुलाएनन्। जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने […]
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि […]
रिहा भए पत्रकार किशोर श्रेष्ठ
काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सोमबार बन्दीप्रत्यक्षकरणकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) दान बहादुर थापाले जानकारी दिए। श्रेष्ठ थुनिएपछि विभिन्न कोणबाट आएका क्रियाप्रतिक्रियालाई सर्वोच्च अदालतले संवैधानिक तथा कानूनी निरुपण गरिदिएको छ […]
बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु
काठमाडौं । भारतको बिहार राज्यमा पर्ने लखिसरायस्थित अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ । लखिसरायका सब डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारले सोमबार बिहान अशोकधाम मन्दिरमा उक्त घटना भएको बीबीसीलाई जानकारी दिएका छन् । शिवम् कुमारका अनुसार घटनामा अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । […]
खानतलासी गरेको भन्दै मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन
विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेको थियो ।मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागारमा छ । प्रशासनले […]
आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द गर्ने घोषणा, श्रमिक उडान ठप्प
काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेको छ। म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रियासमेत पूर्ण रूपमा रोकिने सङ्घले जनाएको छ। सङ्घले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। […]
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
बुटवल। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले दिएका छन्। बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेशसभामा पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ। नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै […]
देशभर मनसुनको प्रभाव कायमै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ। अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले […]










