ललितपुर । नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष […]
मुख्य समाचार
पत्रकारलाई थप जिम्मेवार बनाउन मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण
जनकपुरधाम । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले सहकार्य गरी “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम […]
आज भक्तपुरमा ३ लाख बढी एमाले कार्यकर्ताको भेला, देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने
भक्तपुर । नेकपा (एमाले) ले भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा आज अपराह्न हुने ११औं महाधिवेशन उद्घाटन समारोहका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ। महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरूले मञ्च व्यवस्थापनदेखि सहभागी व्यवस्थासम्मका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पार्टीका प्रचार विभाग प्रमुख तथा स्थायी समिति सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन […]
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित नगरिए सडकमा उत्रिने जेनजी युवाहरुको चेतावनी
काठमाडौँ । जेनजी अभियन्ताहरूले विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्न दिने व्यवस्था तत्काल गर्न सरकार र निर्वाचन आयोगलाई माग गरेका छन्। शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले २० लाखभन्दा बढी प्रवासी नेपालीलाई मतदान अधिकारको ग्यारेन्टी गर्न सरकार बाध्य हुने चेतावनी दिए। अभियन्ता शिरिष साहीले विदेशमा बस्ने नेपालीको संख्या धेरै भएकाले उनीहरूलाई मताधिकारबाट वञ्चित राख्नु लोकतान्त्रिक […]
ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन
काठमाडौँ । अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्। बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि राष्ट्रपति मदुरोले लिने नीतिमा समर्थन रहने बताएका हुन्। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले […]
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले […]
न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रवि र छवीको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ। लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो । उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा […]
चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो
काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ […]
हेटौँडाको पक्षमा काठमाडौँमा प्रदर्शन
काठमाडौँ । ‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्ने नारासहित भूमि अधिकार संरक्षण समितिले आज राजधानी काठमाडौँमा प्रदर्शन गरेकी छ । सडक विस्तारको नाममा भइरहेका बिस्थापनका गतिविधि विरुद्ध प्रदर्शन गरिएको हो । हेटौँडामा सर्वोच्च अदालतको आदेश अवहेलना गर्दै निरन्तर जारी सडक विस्तार तथा घर–टहरा भत्काइएका घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै समितिले राजधानी काठमाडौँको केन्द्रमै प्लेकार्डसहित विरोध र्याली […]
चप्पलबाट स्याटेलाइटसम्म : चेपाङ विद्यार्थीले बनाए पहिलो स्वदेशी स्याटेलाइट
काठमाडौँ । आर्थिक रूपमा पछाडि पारिएको अल्पसंख्यक समुदायबाट आएका चेपाङ विद्यार्थीहरूको संलग्नतामा नेपालमै डिजाइन तथा निर्माण गरिएको पहिलो स्वदेशी स्याटेलाइट बुधबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ। ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यस प्रेरणादायी मिसनअन्तर्गत निर्माण गरिएको क्युब–स्याटेलाइट चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट बिहानीपख पौने १० बजे काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण भएको हो । स्रोतसाधन […]











