देशभर मनसुनको प्रभाव कायमै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ। अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले […]

आजदेखि डिपोहरूबाटै ग्यास बिक्री, सरकारले स्थान नतोक्ने

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री नियमित वितरण प्रणालीबाटै गर्ने भएको छ। आज अर्थात् भदौ १ गतेदेखि उद्योगले नियुक्त गरेका विक्रेता तथा वितरकमार्फत ग्यास बिक्री हुने जनाएको छ। उपभोक्तालाई सहज बनाउन निगमले यसअघि विभिन्न स्थानबाट आफ्नै सक्रियतामा ग्यास बिक्री गरेको थियो। उद्योगीहरूले भने निगमको प्रत्यक्ष बिक्रीले समस्या झन् बढाएको बताएका थिए। निगमले आइतबार […]

बिरामी मन्त्री लम्साललाई सेनाको स्काईट्रकमा धनगढीबाट काठमाडौं ल्याइयो

धनगढी । सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई धनगढीबाट काठमाडौं ल्याइएको छ । अहिले साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत मन्त्री लम्साललाई काठमाडौं ल्याइएको हो । नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी […]

अविरल वर्षासँगै गएको पहिरोले जाजरकोटमा दुई जनाको मृत्यु

जाजरकोट । अविरल वर्षासँगै गएको पहिरोमा परी जाजरकोटमा दुई जनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका वडा नं. २ मा गएको पहिरोमा परेर दुई स्थानीयको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्की र सोही वडाको थलहका ५४ वर्षीया उमासिंह खत्री रहेका […]

भदौ महिनाका लागि ५ बैंकले घटाए ब्याजदर, सूचीसहित हेर्नुहोस् कुन बैंकमा कति पाइन्छ?

काठमाडौँ । वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी […]

हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को एक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। शुक्रबार हर्मुज जलमार्गबाट पार हुँदै गरेको एडीएनओसीको जहाजमाथि इरानले आक्रमण गरेको युएईले आरोप लगाएको हो। एडीएनओसीले घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको जनाएको छ। […]

मुग्लिन-काठमाडौं सडकखण्ड ८ घण्टापछि दुईतर्फी सञ्चालनमा

काठमाडौं । मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको […]

देशभर मनसुनी वायुको प्रभाव : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी […]

आज काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?

काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ । निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त […]

सेप्टेम्बर दोस्रो सातालाई सारियो रवि लामिछानेको चीन भ्रमण

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ ।  यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो । तर, आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको रास्वपा स्रोतले बतायो । भ्रमणका क्रममा उनी तिब्बतस्थित मानसरोबरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताए । […]