काठमाडौं । एमाले महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ । २६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ । यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो […]
मुख्य समाचार
२६०६ अंकमा झर्यो सेयर बजार, ७९ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक […]
नवलपरासीका डिएसपी बहुविवाह प्रकरणमा पक्राउ, प्रहरीमै कार्यरत दोस्रो पत्नी फरार
बुटवल । पूर्वी नवलपरासीमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। जेठी श्रीमती तारा नेपाल खनालले दिएको उजुरीपछि रूपन्देही प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार जाहेरी परेपछि डिएसपी नेपाल स्वयं प्रहरी कार्यालय पुगेका थिए। अदालतबाट तीन दिनको म्याद थपिएपछि अहिले उनीमाथि […]
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको टिम हो । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् । मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । विराटनगर […]
नेपाली विद्यार्थीको मृत्यु भएको ‘हिट एन्ड रन’ घटनामा तानिए बेलायती र्यापर ‘घेट्स
काठमाडौँ । बेलायतमा ‘हिट एन्ड रन’ मा परी नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा इंग्लिस र्यापर जस्टिन क्लार्क शामुयलको संलग्नता रहेको खुलेको छ। स्टेजमा ‘घेट’ नामले चिनिने शामुयल आफैले मंगलबार घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ। अक्टोबर १८ तारिखको राति साढे ११ बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङलाई ठक्कर […]
पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा उड्डयनका महानिर्देशकसँग पाँच लाख धरौटी माग
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले नेपाल नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यस्तै तत्कालीन निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ नगद माग गरेको हो। अख्तियार दुरूपयोग […]
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं । सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । हिजो (सोमबार) मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले विभिन्न १८ वटा निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । उनका अनुसार, आर्थिक कार्यविधि तथा […]
देशभरको आयात निर्यात ठप्प पारेर आन्दोलित भए भन्सार एजेन्ट
काठमाडौँ । मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो । सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको ‘पेनडाउन’ अभियान मंगलबार मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भन्सार कार्यालयमा विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । […]
मंसिर २५ भित्र एमालेमा महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने
काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् । विभागका प्रमुख अधिकारीले ‘ई–नवयुग’ प्रतिनिधिसँग कुरा गर्दै महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ […]
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोहकिंल्थलीस्थित चन्द निवासमा सामूहिक अभिनन्दन गरेका छन् । साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए । […]











