काठमाडौं । नवलपरासीले सुस्तावासीले दुई हप्ता लगाएर निर्माण गरेको बाँध बाढीले भत्काएको छ । सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले सुस्ता गाउँपालिका ५ को थारुटोलामा बनेको बाँध शुक्रबार बाढीले बगाएको बताए । ‘२५–३० लाख जतिको श्रमदानबाट हामीले १०–१५ दिन लगाएर बनाएको बाँध हिजो रातीको बाढीले भत्कायो ।’ खानले भने, ‘सुस्तावस्ती नै अहिले जोखिममा छ […]
मुख्य समाचार
अमेरिकामा नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज
काठमाडौं । अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन । हाल अमेरिकी सरकारले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको […]
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल गर्दै मन्त्रालय
काठमाडौँ । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो। मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, […]
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । सिन्धुपाल्चोकको […]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। जसको प्रभावले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। मधेस प्रदेश […]
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब […]
सुदूरका नवनियुक्त मुख्यमन्त्री भट्टले गरे पदभार ग्रहण, मन्त्रिपरिषद् समेत विस्तार
कैलाली। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद् समेत विस्तार भइसकेकाे छ । नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले […]
मुख्यमन्त्री नियुक्त भएपछि खगराजले भने : खुसी भन्दा बढी जिम्मेवारी र चुनौतीको भारी थपियो
काठमाडौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी थपिएको प्रतिक्रिया दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता भट्ट नेकपा एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका हुन् । ‘खुसी भन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको छ’, भट्टले भने, ‘सिङ्गो सदनको विश्वास […]
मिटरब्याजी अभियोगमा पक्राउ परेका एकै घरका ३ जना कारागार चलान
जनकपुरधाम । जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । ठगी (अनुचित लेनदेन) र आपराधिक […]
मोदीखोलामा बाढी : मन्दिरमा फसेका तीन जनालाई रोप रेस्क्युबाट उद्धार
काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीका कारण मन्दिर परिसरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। बाढीले शुक्रबार बिहान कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएपछि उनीहरू मन्दिर परिसरमै फसेका थिए। सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार हुनेमा कास्कीको पोखरा महानगरपालिका–१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको […]











