बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन् । नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार […]

पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा […]

चारदिने जापान भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौँ । जापानको चारदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले बुधबार स्वागत गरे । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला […]

आज विश्व क्यान्सर दिवस मनाइदै

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ […]

प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । शेरचनको निलम्बन सञ्चालक समितिले फुकुवा गरेपछि उनले आइतबार राजीनामा दिएका हुन् । यसअघि बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेरचनलगायत पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले निलम्बन गरेको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले उनलाई प्रमाण नपुग्ने भन्दै हाजिर जमानीमा […]

अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति जनाएको छ । साथै […]

प्रतितोला १३ हजार ४ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यको गिरावटले सोमबार पनि निरन्तरता पाएको हो। आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार (आज) प्रतितोला १३ हजार ४ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा […]

एपस्टिनसँग सम्बन्ध रहेको आरोप लागेपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेताले दिए राजीनामा

काठमाडौँ । बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ दस्तावेजहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेता पिटर म्यान्डेलसनले राजीनामा दिएका छन्। एपस्टिनसँग उनको सम्बन्धबारे प्रश्न उठेपछि म्यान्डिलसनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनले पार्टीलाई थप लज्जित बनाउन नचाहेकाले आफूले राजीनामा दिने निर्णय […]

अस्वीकार र झूटको शृङ्खला : अन्तत: इजरायलद्वारा गाजामा ७० हजारको मृत्यु भएको स्वीकार

प्रियंका शंकर । इजरायलले गाजामा दुई वर्षभन्दा बढी समयदेखि जारी नरसंहारकारी युद्धका क्रममा मृतकको सङ्ख्यालाई पटक–पटक अस्वीकार गर्दै आएको थियो। लामो समयको बमबारीपछि अहिले इजरायली सेनाले गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अत्यन्तै कठिन परिस्थितिका बाबजुद सङ्कलन गरेको मृतकको तथ्याङ्कलाई स्वीकार गरेको देखिएको छ। सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएदेखि नै इजरायलले पत्रकार, प्यालेस्टिनी […]

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित

काठमाडौं । पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा १११ रनको विशाल अन्तरको जित निकाल्दै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो । अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाउँदा बाबर […]