कुमारकी आमा भन्छिन: ‘न्याय नपाए म मानव अधिकार आयोगको ढोकामा गएर मर्नेछु’

काठमाडौं, ५ असोज । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घट्नालाई लिएर उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेतावनी दिएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन […]

एक लाख राशीको पत्रकारिता पुरस्कार थापालाई, काउन्सीलले दुई दर्जन पत्रकारलाई पुरस्कृत गर्दै

काठमाडौं, ५ असोज । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा योगदान पु¥याए वापत पुरस्कार पाउनेहरुको नाम घोषणा गरेको छ । काउन्सीलले ५० औ वार्षिक उत्सवको अवसरमा पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको हो । काउन्सीलले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापालाई दिने निर्णय गरेको छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार हाँक साप्ताहिकका सम्पादक […]

ब्यूटिसियनहरुकी नेताको परिवर्तनशील कलाकारिता र जीवन

किशोरी छँदा कल्पना आचार्यको मनमा नायिका बन्ने सपना हुर्किएको थियो । नृत्य र खेलमा विशेष रुची र दक्षता भएकी उनी जीउडालले पनि उत्तिकै सुन्दर थिइन् । उनको प्रतिभा र क्षमताले रोल्पा लिबाङ वरिपरि उनी उत्तिकै प्रख्यात पनि थिइन् । सबैले उनलाई वाहवाह गर्थे । मनमा हौसला बुलन्द थियो । तर त्यो समयमा रोल्पाबाट नायिका बन्ने […]

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण ः गृहमन्त्री थापा

काठमाडौँ, ५ असोज । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन । […]

साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु

खलङ्गा, ५ असोज । भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ । जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको […]

बिबादित बन्यो नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद्

नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् शुरु भएको छ । आइतवार सम्म चल्ने परिषद् शनिवार तामझामका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । तर, महासंघको प्रथम राष्ट्रिय परिषद् बैठकमै ढुंगा लागेको छ । नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् बिबादित बनेको छ । महासंघको एक प्रमुख घटक नेपाल शिक्षक संघले परिषद् बहिस्कार गरेपछि पहिलो […]

भारतीय मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा एक जनाको मृत्यु, दुई पक्राउ

सर्लाही, ४ असोज । सदरमुकाम मलङ्गवामा शनिवार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु […]

सफलताको कथा : जसले विदेश त्यागेर कृषि रोजे

बागलुङ, ४ असोज । “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए । गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाले । कोरियाको सपना टुट्यो । मन […]

युद्धमा फक्रेका तर शान्तिमा बिर्सिएका कलाकारको कथा

क सले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? क्रान्तिकारी आशावाद केन्द्रीय भाव रहेको यो गीत नसुन्ने क्रान्तिकारीहरु सायदै होलान् । जनयुद्धकालमा लाखौं जनमनले क्रान्तिकारी आवेग र उत्साहका साथ गुनगुनाएको यो गीत त्यो बेला खुब लोकप्रिय थियो । प्रदेश नं. ५ का सभामुख एवं गीतकार पूर्ण घर्ती ‘आयाम’ को रचना रहेको यो गीत गायक एवं संगीतकार मोहित […]

श्रीमानलाइ हत्या गरेर सेफ्टी ट्याङ्कीमा हालेकाे भन्दै श्रीमती पक्राउ

परासी, ४ असोज । श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्काे एक […]