काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने […]
मुख्य समाचार
३ पटक फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो
काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि तेस्रो पटक सरकारलाई नै फिर्ता पठाएका थिए ।
चौतर्फी आलोचना हुन थालेपछि सुकुम्बासीबारे प्रधानमन्त्री बालेनले फेसबुकबाट दिए यस्तो प्रष्टीकरण
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने बताएका छन्। विकल्प विना सुकुम्बासीमाथि डोजर चलाएको भन्दै चौतर्फी आलोचना भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा […]
रास्वपा सरकार सर्वसत्तावादतर्फ उन्मुख भयो, हैकमी अभ्यास तुरुन्त रोकियोस् : नागरिक समाज
काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित झण्डै दुई तिहाइको वर्तमान सरकारले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको भन्दै नागरिक समाजका अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन् । २८ जना प्रबुद्ध व्यक्तिहरूले एक संयुक्त नागरिक अपिल जारी गर्दै सरकारको हैकमी शासन अभ्यास तुरुन्त रोक्न माग गरेका हुन् । नागरिक अगुवाहरूले […]
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा केही गिरावट
वासिङ्टन डिसी । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो। बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ […]
देशैभर बदली : आज यी प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। […]
राष्ट्रपतिबाट तेस्रो पटक फिर्ता भयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तेस्रो पटक फिर्ता गरेका छन्। पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले उक्त विधेयक स्वीकृतिका लागि गत चैत १४ राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। तर, आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश सरकारलाई नै फिर्ता पठाइदिएका हुन्। सोही अध्यादेश तत्कालीन केपी शर्मा ओली […]
राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् । उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् । तर, राष्ट्रपतिले अझैँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने जारी गरेका छैनन् ।
सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न कडाइ आवश्यक : रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् । अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको उनको भनाइ थियो । आइतबार निजी क्षेत्रसँगको संवादमा उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर […]
आफ्नो नियत र बाटो सच्च्याउन बालेन सरकारलाई सीके राउतको चेतावनी
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल आफ्नो बाटो सच्च्याउन चेतावनी दिएका छन्। सरकार बनेको सय दिन पनि पूरा नहुँदै राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि प्रश्न उठाएका हुन्। विकास भनेको चिल्ला फुटपाथ र चौडा सडक मात्र नभई […]











