इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानद्वारा आक्रमण

काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको […]

बुटवलस्थित नवीन औद्योगिक मावि ४४ औं वर्षमा

बुटवल । बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४४ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । मंगलवार प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा विद्यालयको ४४औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन समारोहबा बोल्दै प्रमुख अतिथि एवं प्रदेश […]

आठ कक्षासम्म रंगीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

काठमाडौं ।  कुनै समय यस्तो थियो-शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ। कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो। त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा […]

मेयरले गरे पत्रकारहरुलाई कोठामा थुनी गुण्डा लगाएर कुटपिट

जनकपुर, २२ पुस । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच भनाभन भएको हो । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको बताइएको […]

जिल्ला सभापतिहरुसँग नेता पौडेलको आग्रह : सभापतिविरुद्ध लड्नका लागि तयार रहनुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेको आरोप लगाए । उनले सभापतिको पेलेरै जान […]

मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण, माघमा नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका अनुसार पुषभित्रै मावि तहको कपी परिक्षण सकिने र माघमा नतिजा प्रकाशित हुनेछ । आयोगले काठमाडौंमा २ र ललितपुरमा […]

विद्युत् उपभोग बढाउन महशुल घटाउने तयारी

काठमाडौं, २० पुस । विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी […]

नेकपा केन्द्रीय कमिटी बैठक तीन साता पछि सर्‍यो

काठमाडौं, २० पुस । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेबाट बस्ने गरी मिति परिवर्तन भएको हो ।आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो । यसअघि पुस ६ गते […]

देश बनाउन युवाहरुको नयाँ संकल्प आबश्यकः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् । प्रमुख अतिथिका रुपमा रहेका मुख्यमन्त्री शाहीले कर्णालीलाई साँच्चिकै समृद्धितिर लाग्ने हो भने सबैको निस्वार्थ […]

काठमाडौँसहित देशैभर तिन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौ,१८ पुस । शुक्रबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ । केही […]