नारायणहिटी दरबार संग्राहलय परिसरमा रेस्टुरेन्ट सञ्चालन विवाद : छानबिन गर्न समिति गठन

पुस २२,काठमाडौँ –   

नारायणहिटी दरबार संग्राहलयको परिसरमा स्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई  रेस्टुरेन्ट सञ्चालन  गर्न दिएको विवादित बिषय छनबिन  गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ  । मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सम्मिलित  समिति गठन गरेको हो ।

संयोजक लुइँटेलका अनुसार  गठित समितिले  तीन दिनभित्र आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न जिम्मेवारी पाएको छ । बतास समूह अन्तर्गतको बीपीएस लिजिङ कम्पनीसँग योगेश भट्टरा मन्त्री हुँदा भएको भनिएको सम्झौता विवादमा तानिएपछि पर्यटन मन्त्री आलेले उक्त निर्णय खारेज गर्न मौखिक आदेश दिएका थिए। 

मन्त्री आलेको निर्देशनपछि सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशकले नारायणहिटी परिसरमा क्याफ्टेरिया सञ्चालनका लागि बतास समूहले बनाइरहेका संरचना सहित सम्पूर्ण निर्माणका काम रोक्न पत्राचार गरेका थिए। बतास समुहलाई नारायणहिटी बात  हटाउने मन्त्री आलेको प्रतिवद्दता जनाउनु भएको छ  ।

Loading...