सात वटै प्रदेशमा सत्ता गठबन्धनलाई जिताउन समन्वय समिति गठन

पुस २२,काठमाडौँ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले सात वटै प्रदेशमा सत्ता गठबन्धन पक्षलाई जिताउन समन्वय समिति गठन गरेको छ ।
सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
यसै गरि बैठकले प्रधान मन्त्री शेरबहादुरको भारत भ्रमणको शुभकामना दिएको छ। भ्रमणले दुइदेश बीचको सम्बन्धलाई अझ मजबुत गर्ने बिस्वास लिएको छ।

 

Loading...