पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

काठमाडौ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको […]

संघीय सरकार चुपचाप, आधा दर्जन बढी स्थानीय सरकारले दिए पृथ्वी जयन्तीमा बिदा

काठमाडौं, २६ पुस । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपालगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् । बैठकको निर्णय […]

२५ जनाभन्दा धेरै भेला हुन नपाउने सीसीएमसीको निर्णय

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । आइबार बसेको सीसीएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई […]

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए। प्रचण्डमा कोरोना […]

भारतमा कोरोना बढेपछि धमाधम नेपाल फर्किदै नेपाली

धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारतबाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाकास्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् […]

कोरोना संक्रमित फेरि बढे, शनिवार ९४४ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य […]

कोरोना संक्रमणका बेला उड्डयन प्राधिकरणले कमायो मुनाफा

काठमाडौं । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्‍यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७÷७८ मा प्राधिकरणको आय विमानस्थल […]

थन्किएको रेलको पुनः परीक्षण

जनकपुरधाम । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल […]

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ

काठमाडाैं, पुस २४ गते । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे। कोरना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेकोले  उहाँ आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको  बताइएकाे छ। चिकित्सकको  सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको […]