सभामुखको चयन फलामको चिउरा, माघ ६ सम्म फेरी संसद बैठक स्थगित

काठमाडौँ, २७ पुस। सत्तारुढ दल नेकपाभित्र सभामुखको चयन फलामको चिउरा बनेको छ । सभामुखका बिषयमा नेताहरुबीच कुरा नमिलेपछि संसद बैठक फेरी स्थगित भएको छ । आइतवार संसद बैठक बोलाइएको थियो । तर नेकपाले सभामुख चयन गर्न नसकेपछि प्रतिनिधिसभाको बैठक ६ माघसम्मका लागि स्थागित भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नेकपा सचिवालय बैठकले शनिवार राजीनामा गर्न […]

पृथ्वीजयन्तीमा नेपाली सेनाको पैदल यात्रा

काठमाडौं, २७ पुस नेपाल एकिकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ । वि सं १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो। भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र […]

गएराति तनहुँमा एनसेल टावरमा अज्ञात समूहले यसरी ग¥यो आगजनी

तनहुँ, २७ पुस । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको […]

मैले राजीनामा किन दिने ? महरालाई रोश्नी भेट्न जाउ भनेर मैले पठाएको होर? 

काठमाडौं, २७ पुस । सत्तारुढ नेकपाको सचिवालय बैठकले उपसभामुख शिबमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले भने राजीनामा नदिने स्पष्ट पारेकी छन् ।आज बिहानको कुराकानीमा उनले भनिन्,‘‘ मैले व्यवस्थापिकालाई शून्यतामा छोडेर राजीनामा दिन मिल्दैन । उपसभामुखलाई पार्टीले निर्देशन दिन पनि मिल्दैन । त्यसैले म आफ्नो काममा खटिइ रहनेछु । ’’ उनले नेकपाको हिजोको निर्णयबारेमा आफूले […]

पक्राउ गर्न खोज्दा खुर्पा प्रहार गरी दुई प्रहरीसहित चारजनालाई बनाए गम्भीर घाइते

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिंड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया […]

जाजरकोटमा प्रहरी हबल्दारले आफ्नै कञ्चटमा पेस्तोल हाने

जाजरकोट, २७ पुस । नलगाड नगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज (आइतबार) बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली […]

दुबईको विमानस्थल पूरै जलमग्न

दुवई, २७ पुस । युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ । दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा […]

एक पटक परीक्षाको मौका दिन उमावि शिक्षकको माग

काठमाडौं । साविक उच्चमाध्यमिक तहमा कार्यरत शिक्षकहरुले राष्ट्रका लागि योगदान गरेका आफलूहरुलाई सरकारले पुरस्कृत नगरी तिरस्कृत मात्रै गरेको आरोप लगाएको छ । २०४९ सालमा शुरु भएको उमावि शिक्षा र कार्यरत शिक्षकको व्यवस्थापन गर्न सरकार २०७६ सम्मसमेत असफलल भएको उनीहरुले जिकिर गरेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा साविक उमाविमा कार्यरत […]

दरबारमार्गमा यति समूहकाे निर्माणाधिन भवनको काम रोक्न अदालतको अन्तरिम आदेश

काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो । अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले […]

उमावि शिक्षकहरुसँग शिक्षामन्त्रीले भने– प्रतिस्पर्धाका लागि तयार रहनुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले प्रष्ट पारेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पोखरेलले विगतमा भएका […]