पृथ्वीजयन्तीमा नेपाली सेनाको पैदल यात्रा

काठमाडौं, २७ पुस नेपाल एकिकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ । वि सं १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो। भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र […]

गएराति तनहुँमा एनसेल टावरमा अज्ञात समूहले यसरी ग¥यो आगजनी

तनहुँ, २७ पुस । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको […]

मैले राजीनामा किन दिने ? महरालाई रोश्नी भेट्न जाउ भनेर मैले पठाएको होर? 

काठमाडौं, २७ पुस । सत्तारुढ नेकपाको सचिवालय बैठकले उपसभामुख शिबमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले भने राजीनामा नदिने स्पष्ट पारेकी छन् ।आज बिहानको कुराकानीमा उनले भनिन्,‘‘ मैले व्यवस्थापिकालाई शून्यतामा छोडेर राजीनामा दिन मिल्दैन । उपसभामुखलाई पार्टीले निर्देशन दिन पनि मिल्दैन । त्यसैले म आफ्नो काममा खटिइ रहनेछु । ’’ उनले नेकपाको हिजोको निर्णयबारेमा आफूले […]

पक्राउ गर्न खोज्दा खुर्पा प्रहार गरी दुई प्रहरीसहित चारजनालाई बनाए गम्भीर घाइते

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिंड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया […]

जाजरकोटमा प्रहरी हबल्दारले आफ्नै कञ्चटमा पेस्तोल हाने

जाजरकोट, २७ पुस । नलगाड नगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज (आइतबार) बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली […]

दुबईको विमानस्थल पूरै जलमग्न

दुवई, २७ पुस । युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ । दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा […]

एक पटक परीक्षाको मौका दिन उमावि शिक्षकको माग

काठमाडौं । साविक उच्चमाध्यमिक तहमा कार्यरत शिक्षकहरुले राष्ट्रका लागि योगदान गरेका आफलूहरुलाई सरकारले पुरस्कृत नगरी तिरस्कृत मात्रै गरेको आरोप लगाएको छ । २०४९ सालमा शुरु भएको उमावि शिक्षा र कार्यरत शिक्षकको व्यवस्थापन गर्न सरकार २०७६ सम्मसमेत असफलल भएको उनीहरुले जिकिर गरेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा साविक उमाविमा कार्यरत […]

दरबारमार्गमा यति समूहकाे निर्माणाधिन भवनको काम रोक्न अदालतको अन्तरिम आदेश

काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो । अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले […]

उमावि शिक्षकहरुसँग शिक्षामन्त्रीले भने– प्रतिस्पर्धाका लागि तयार रहनुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले प्रष्ट पारेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पोखरेलले विगतमा भएका […]

शिक्षककै नक्कली प्रमाणपत्र, अदालतमा मुद्दा

काठमाडौं । श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो। उनले प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिँदा नक्कली प्रमाणपत्र […]