सिंहदरबारअघि नारा – गणतन्त्र मुर्दाबाद

काठमाडौं, २७ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहरबारको मुलगेट अगाडि गणतन्त्रविरुद्ध नारा लागेको छ। कार्यक्रममा सहभागीहरुले राजतन्त्रका पक्षमा नाराबाजी गर्नुका साथै गणतन्त्रको विरोध गरेका हुन्।

 

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा सहभागी हुने क्रममा एक महिलाले नारा लगाइन् र सहभागीले साथ दिए। बाजागाजा र नाराबाजी समेत गरिरहेका उनीहरुले सिंहदरबारको मुलगेटमै पुगेपछि भने– गणतन्त्र मुर्दाबाद।

पूर्व राजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि पुगेका थिए। त्यसक्रममा राजतन्त्र समर्थकहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका थिए।

नेपालको राष्ट्रिय झन्डासहित सहभागी उनीहरुले ुहाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छु लगायतका नारा लगाएका छन्।

केही समयअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारका मन्त्रीहरुले पृथ्वीनारायण शाहको शालिकामा माल्यार्पण गरेका थिए।

Loading...