पाल्पामा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पा, २८ पुस । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी–७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुरेमा किराना पसलदेखि घर […]

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं : अध्यागमन विभाग

काठमाडौं, २८ पुस । अध्यागमन विभागले अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न सचेत गराएको छ । बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय […]

बालुवाटारमा फैलियो कोरोना, देउवाको भोलि फेरि पीसीआर गरिने

काठमाडौं, २८ पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि […]

३ हजार ७५ मा कोरोना पुष्टि

काठमाडौं, २८ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ । यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि […]

आमाको जीवन बचाउन ऐतिहासिक उपचार गर्ने किशोरी

काठमाडौं, २८ पुस । उन्नाइस वर्षकी हुँदा एलिएना डेभेजाले आफ्नी आमालाई बचाउन ऐतिहासिक शल्यक्रिया गर्ने व्यवस्था गरिन्। उनले अमेरिकामा पहिलो पटक अङ्ग साटासाट गरेर उपचार गर्न एक अस्पताललाई तयार गरिन्। ‘होसमा आएपछि मैले सोधेको पहिलो कुरा मेरी आमालाई कस्तो छ भन्ने थियो। के उनलाई ठिक छ?’ ‘म आफ्नो बारेमा चिन्तित थिइनँ। म आफ्नो दुखाइ सहन […]

बतासको ७ बुँदे विज्ञप्ति : सञ्चारमाध्यमसँग गुनासो, उच्च तहका नेतासँग सम्बन्ध स्वीकार

काठमाडौ, २८ पुस । विवादमा तानिएको बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको छ । अर्गनाइजेशनका अध्यक्ष आनन्द राज बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य भने आफ्नो नभएको उनले बताएका छन् । विज्ञप्तिमा […]

ललिता निवास प्रकरण : सुवेदी दम्पती छुटे

काठमाडौं, २८ पुस । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको हो । सीआईबीका प्रमुख धिरज प्रताप सिंहले आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको बताए । […]

लोक सेवाले खुलायो नायब सुब्बा पदको दरखास्त

काठमाडौ, २८ पुस । लोक सेवा आयोगले नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको छ। बुधबार आयोगले सूचना निकालेर राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको हो। आयोगले विभिन्न सेवा समूहमा दुई सय भन्दा धेरै खुला तथा समावेशी पदमा दरखास्त आव्हान गरेको हो। आगामी माघ १८ गतेसम्म […]

कलेज जाँदै गरेका विद्यार्थीलाई ट्याक्टरले ठक्कर दियो, घटनास्थलमै मृत्यु

झापा, २८ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ। बिहान करिब ५: ३० बजेको समयमा प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। बिपरित […]

इमर्जेन्सी रगत चाहियो ? सेनालाई फोन गर्नुस्

काठमाडौं, २७ पुस । कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ । उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन […]