नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न,२३६ केन्द्रीय सदस्यमा

पुष १८, काठमाडौँ   । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभिन्न क्लष्टर मिलाएर २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम हलमा प्रस्ताव गर्नु भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी २३६ जना केन्द्रीय सदस्यको नाम पेश भएको छ ।

 बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । पुस ११ दिउँसो कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन भएको थियो । 

 

खुलातर्फ-  खगराज भट्ट, माधव सापकोटा,युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहल,हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर,जोखबहादुर बर्बरिया ,राजु खड्का,प्रकाश पोखरेल,भरतकुमार शाह,अशोक मण्डल,युवराज भट्टराई,अजयशंकर नायक,ईश्वरी भट्टराई,सुनील मानन्धर,हरिबोल गजुरेल,पुष्पकमलदाहाल प्रचण्ड,सुदन किराती,किरण राई,हेमराज भण्डारी,वामदेव क्षेत्री,कृष्णबहादुर महरा,रामकुमार शर्मा,रामेश्वर राय यादव,प्रह्लाद बुढाथोकी,तिलक शर्मा,शुकबहादुर रोका,डोरप्रसाद उपाध्याय,कुलप्रसाद केसी,गणेशमान पुन,गजेन्द्र महत,महेन्द्र बहादुर शाही,रामदीप आचार्य,रामकुमार शर्मा,शक्तिबहादुर बस्नेत,टेकबहादुर बस्नेत,जनार्दन शर्मा,कालीबहादुर मल्ल,कृष्ण्ध्वज खड्का,वर्षमान पुन,ओमनाथ ढुंगाना,गंगा कार्की,पुष्पविक्रम मल्ल,डिलाराम आचार्य,लिलामणि पोखरेल,सुरेश कुमार आले मगर,हितराज पाण्डे,हितबहादुर तामाङ,दिनानाथ शर्मा,पम्फा भुसाल,देव गुरुङ,अमर गुरुङ,देवेन्द्र पौडेल,पूर्णकुमारी सुवेदी,महेन्द्र पासवान,गोपी अछामी,श्रीराम ढकाल

दलिततर्फ- विष्णु बहादुर बिक, जगत पार्की, सुवोध श्रीपाइली,पार्वती बिक,अञ्जना विशञ्खे,गीता नेपाली,धनमाया बिक,लक्ष्मी बिक,शान्ति नेपाली,दुर्गा बिक,सीता गहतराज,पम्फा बसेल

खस आर्यतर्फ (पुरुष, महिला र युवा)- नारायण दाहाल,सूर्य सुवेदी,धीरेन्द्र शर्मा,बसन्त शर्मा,केशव नेपाल,निर्मल आचार्य,जोखबहादुर महरा
देवेन्द्र पराजुली,हरिराज अधिकारी,विजय भण्डारी,दुर्गा चापागाईँ,दानबहादुर सोडारी,यशोदा न्यौपाने,विमल सिंह,दीपा सिंखडा,गीता सुवेदी,कृष्ण शाही,अम्बिका बुढाथोकी,गोमा कुँवर,रुकु चौलागाईं,रुक्मिणी गौतम,हरिमाया शर्मा,आशा कोइराला,सीता पोख्रेल,कल्पना धमला
गंगा बेल्बासे,दामाकुमारी शर्मा,देवी खड्का,धर्मशीला चापागाईँ,नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल,सत्या पहाडी,समिता कार्की, सुशीला सिंखडा, दीपा सिंखडा,ज्ञानु बस्नेत,लक्ष्मी न्यौपाने,मञ्जु बमल

थारुतर्फ (पुरुष, महिला र युवा)- शन्तकुमार चौधरी,एकनारायण चौधरी,रुपा चौधरी,अञ्जना चौध्री,अञ्जु चौधरी,दीपा चौधरी,कृष्ण चौधरी
रामकुमारी चौधरी

आदिवासी जनजातितर्फ (पुरुष, महिला र युवा)-  अजम्बर राई,रामकुमार राई,मानबहादुर मगर,जीतबहादुर योञ्जन,दीपेन्द्र पुन मगर,अमृता थापा,ओनसरी घर्ती,कमला रोका,कुमारी मोक्तान,तारा घर्ती,पार्वती थापा,लक्ष्मी पुन,सरिता तामाङ,प्रतिभा पुन,उर्मिला लामा
लालकुमारी पुन,मधु खापुङ,सीता थेवे,इन्द्र आङ्बो,हेमकुमार राई,डम्बर घर्ती मगर,बीना मगर,आर तामाङ, कमला पहाडी

मधेसीतर्फ- रामकुमार यादव,उपेन्द्र मेहता,बोधमाया कुमारी यादव,सुनीताकुमारी महतो

अपाङ्गतातर्फ-चूडामणि खड्का,घनश्याम यादव,चम्पा कार्की लगायत सदस्यहरु ह़ाललाई  चयन भएका छन् भने बाकिँ सदस्य पछि थपिने भएको छ ।

 

Loading...