हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

सिमकोट, ९ माघ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि […]

सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौं, ९ माघ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । ललितपुर प्रहरी प्रमुख […]

राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्दै ओली

मङ्सिर ९ , काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्ने भएका छन् । यसका लागि ओलीले आज आइतबार पत्रकार सम्मेलन गर्दै छन् । सरकारविरुद्ध कडा उत्रिएको एमालेले ह्वीप उल्लंघन गर्ने माधव नेपालसहित १४ सांसदलाई बर्खास्तीको माग राख्दै संसद् पनि चल्न दिएको छैन । एमालेले यसविषयमा सभामुखको भूमिकामाथि […]

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणको चपेटामा

दाङ, ९ माघ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब २५ बिघा जग्गा अतिक्रमणमा परेको छ। विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको जम्मा एक हजार ६६२ बिघा […]

काठमाडौंका विद्यालयहरूले भर्चुअल माध्यमबाट पठनपाठन गराउनुपर्ने

काठमाडौ, ९ माघ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ। केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, […]

पूर्वप्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालत बन्द

काठमाडौं, ९ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको […]

सुनसरीमा श्रीमतीमाथि तरवार प्रहार गरी हत्या

सुनसरी, ८ माघ । सुनसरीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका(१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको […]

स्रोत नखुलेको ५० लाखसहित ५ जना पक्राउ

महोत्तरी, ८ माघ । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट […]

रुपन्देहीमा युवती बलात्कृत, २ युवक पक्राउ

रुपन्देही, ८ माघ । रुपन्देहीमा एक युवती बलात्कारमा संलग्न दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने सुवासलाई ६ घण्टापछि पक्राउ गरेको हो । गणेशलाई लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित पिपराको खाली […]

आइतबार देशभरका अदालत बन्द

काठमाडौं, ८ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो […]