राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्दै ओली


मङ्सिर ९ , काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्ने भएका छन् । यसका लागि ओलीले आज आइतबार पत्रकार सम्मेलन गर्दै छन् ।

सरकारविरुद्ध कडा उत्रिएको एमालेले ह्वीप उल्लंघन गर्ने माधव नेपालसहित १४ सांसदलाई बर्खास्तीको माग राख्दै संसद् पनि चल्न दिएको छैन । एमालेले यसविषयमा सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै राजीनामासमेत मागेको छ । कोभिड संक्रमण तीव्र रहेकाले ओलीले रेकर्डेड भिडियो सार्वजनिक गर्ने सम्भावना पनि रहेको बुझिएको छ । यस्तो नभए ओलीले विज्ञप्ति जारी गर्ने बुझिएको छ ।

उनले स्थानीय चुनाव घोषणा गर्न सरकारले ढिलाइ गरेको, पहिले प्रतिनिधि सभा चुनाव घोषणा गर्ने या तीन तहको चुनाव एकसाथ गर्ने विषयमा सरकारमा रहेका दलहरुबीच छलफल चलिरहेको विषयमा पनि बोल्ने बुझिएको छ ।

Loading...