रुपन्देहीमा युवती बलात्कृत, २ युवक पक्राउ

रुपन्देही, ८ माघ । रुपन्देहीमा एक युवती बलात्कारमा संलग्न दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने सुवासलाई ६ घण्टापछि पक्राउ गरेको हो ।

गणेशलाई लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित पिपराको खाली खेतबाट पक्राउ गरिएको हो भने सुवासलाई शुक्रबार राती साढे ११ बजे लुम्बिनी नगरपालिका–९ महाविदिपा चोकबाट पक्राउ गरिएको रुपन्देहीका सूचना अधिकृत प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।

प्रहरीले पीडित युवतीलाई पिपराको खाली खेतबाट उद्धार गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Loading...