प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा एसएसबीको हेपाहा प्रवृत्ति बढ्योः नेकपा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका सवालमा सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा सांसद बलावती शर्माले प्रधानमन्त्री सामाजिक सञ्जालमा मात्र सीमित भएको र देशका जल्दाबल्दा समस्या समाधानमा उदासीन रहेको आरोप लगाइन् । सांसद शर्माले प्रधानमन्त्रीले केही समयअघि संसदको रोस्टममा उभिएर ‘नेपालले पनि […]

नेपाली सेना बाहेक देशमा अरू सेना स्वीकार्य छैन : हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए । सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाए । सुनसरी र मधेसका […]

ट्रम्प प्रशासनविरुद्ध २५ राज्यको मुद्दा, नयाँ भन्सार शुल्क कानुनविपरीत भएको दाबी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा लगाएको नयाँ दोहोरो अंकको महसुलविरुद्ध २५ वटा डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी राज्यले अदालतमा मुद्दा दायर गरेका छन्। राज्यहरूले ट्रम्पले महसुल लगाउने आफ्नो कानुनी अधिकार नाघेको र सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको पुरानो महसुललाई नयाँ कानुनी आधारको आवरणमा पुनः लागू गर्न खोजेको […]

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ः०० बजे बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने […]

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ । ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो । छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, […]

एकाबिहानै उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा प्रहरीको छापा

विराटनगर । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् । अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो । देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ ।  देवनरा समूहको नेतृत्वमा रहेका […]

पक्राउ परेका दुर्गा प्रसाईं जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा

काठमाडौँ । दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखिएको छ । स्रोतका अनुसार उनलाई परिसरको बालमैत्री कक्षमा राखिएको छ । भक्तपुरका एसपी सूर्य खड्काले अन्य थुनुवासँग नराखेर प्रसाईंलाई परिसरस्थित बालमैत्री कक्षमा छुट्टै राखेको एक अधिकृतले बताए । खड्का नेतृत्वको टोलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरास्थित उनको घरबाट पक्राउ गरे हो । […]

ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलामा पर्ने ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्स दाइ’ पुर्जाको शव निकालिएको छ। बिहीबार आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जा शनिबार मृत भेटिएका थिए। प्रतिकूल मौसमका कारण आइतबार मात्रै उनको शव निकालिएको पाकिस्तानको आरोहणसम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपिसी) लाई उद्धृत गर्दै बिबिसीले […]

सुस्तामा हतियारसहित भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव

बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालले भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिएका हुन् । स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण […]

गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति

जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ । पुन: केही बुँदा थपेर १८ बुँदा पुर्‍याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने […]