मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै मधेशमा एमालेको धर्ना

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ । एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् । गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री […]

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त […]

एनपीएल उद्घाटनमा जनकपुर बोल्ट्स काठमाडौँ गुर्खाजसँग ५ विकेटले पराजित

काठमाडौँ । आजबाट सुरु भएको एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमाडौँ गुर्खाजले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमाडौँ गुर्खाजले जारी सिजनको पहिलो खेल ५ विकेटको जित दर्ता गर्न सफल भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । काठमाडौँको जितमा ब्रेन […]

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । […]

सुरु भयो नेपाल प्रिमियर लिग, उद्घाटनमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । आज (सोमबार)बाट नेपाली घरेलु क्रिकेटको ‘महाकुम्भ’ मानिने नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।  मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ । उद्घाटन खेलमा बोल्टसले गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको […]

नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्न कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयबाट सोमबार जारी गरिएको प्रेस नोटमा मंसिर महिनाभर विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गरिने उल्लेख छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस नोटअनुसार, प्रदेशस्तरीय एकता सन्देश सभाहरू […]

नेपाल टेलिकमको पहिलो त्रैमासिक नतिजा : आम्दानी र मुनाफामा गिरावट

काठमाडौं । नेपाल टेलिकमले आव २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आम्दानी र मुनाफामा गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् । कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड […]

ईपीएस भाषा परीक्षा आजदेखि, उत्पादन क्षेत्र पहिलो प्राथमिकतामा

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजबाट सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले […]

एनपीएलको दोस्रो संस्करण सुरु हुँदै, उद्घाटनमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारदेखि सुरु हुन लागेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न चार बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने […]

माओवादी केन्द्र सहित सात दल खारेज

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र सहित सात दल खारेज गरेको छ । आयोगमा यसअघि दर्ता भएका माओवादी, नेकपा एकीकृत समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट(समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी खारेज भएका हुन् । यी पार्टीले कात्तिक १९ गते एकता गरी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएका थिए । सोही दिन आयोगमा दल […]