देशका ३९ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका ३९ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा […]

मधेसी नेताहरूसँग प्रधानमन्त्री बालेनले भने– सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुहोला

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफूलाई संघीयता विरोधीका रुपमा सपनामा पनि नसोच्न प्रस्टीकरण दिएका हुन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई लिएर मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले […]

ब्रड पिकमा नेपालीसहित ४ जनाको शव फेला, दुई जनाको पहिचान खुल्यो

काठमाडौँ । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार वटा शव फेला परेको छ । खोजीका क्रममा ४ वटा शव फेला परेको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशदले बताएका छन्। उनका अनुसार फेला परेका शवमध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको […]

एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा, को–कहाँ खटिए ? (सूचीसहित)

काठमाडौं । तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको हो । १० साउनका राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोलीले लागेर एक जनाको ज्यान गएको […]

हतियार बुझाएर गजाको शासन छाड्न हमास सहमत भएको ट्रम्पको दावी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजाको सशस्त्र समूह हमासले हतियार बुझाएर त्यहाँको शासन छाड्न सहमति गरेको दाबी गरेका छन्। ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत हमास र गजाका अन्य सबै सशस्त्र समूहले हतियार बिसाउन सहमति गरेको दाबी गरेका हुन्। ‘बोर्ड अफ पिसले आज हमास र गाजाका अन्य सबै सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि ऐतिहासिक सहमति गरेको छ। […]

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ […]

पाकिस्तानमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन

काठमाडौँ । निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि बेपत्ता भएका छन् । पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ नागरिक, […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। […]

देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति, अन्तिम संस्कार आजै

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबिच बिहीबार राति औपचारिक सम्झौता भएको हो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिमा […]

सिरहामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ । आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ । केहीबेर अघिमात्रै उक्त शव उठाएर लगिएको हो । झडपका क्रममा गोली […]