ग्राहक बसालेर खुवाउने होटल रेस्टुराँ व्यवसायीहरुलाई १ महिना कैद !

होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो । कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]

एकैदिन ५२५ संक्रमित थपिएसँगै २४,९५७ पुगे कोरोना पोजिटिभ

काठमाडौं । बिहीबार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गाैतमले हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]

भारतले सैनिक तैनाथी बढाएपछि सीमा क्षेत्रमा चिनयाँ सेनाले गर्यो युद्ध अभ्यास

एजेन्सी । भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ । चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ। चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो । गत जुन १५ मा दिन दुई […]

यूएईको शारजाहमा दुई नेपालीको बिभत्स हत्या, ग्याङ फाइटमा मारिएको हुनसक्ने प्रहरी दावी

काठमाडौं । यूनाइटेड अरब इमिरेटस (यूएई)को शारजाह शहरमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुनसक्ने यूएई प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा […]

हुम्ली पत्रकारिताका बृहस्पति: जयबहादुर रोकाया

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुची, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्रिय स्तरसम्मका पत्रिकाका कर्नालीका गुरु मानिँदै आएको छ- जयबहादुर रोकायालाई । हुम्ला लगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका […]

एकैदिन कोरोनाले ११ को मृत्यु, थपिए ४८४ नयाँ संक्रमित

काठमाडौं, २८ साउन । कोरोना भाइरसबाट एकैदिन ११ जनाको ज्यान गएको छ । साथै बुधवार ४८४ जना संक्रमित थपिएका छन् । बुधवार सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ भएको छ । संक्रमित मध्ये अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ । अहिलेसम्म १६ हजार ७ सय […]

राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द

काठमाडौं, २७ साउन । कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामी समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन् । बुधवार राजधानीका दुई ठूला अस्पताल सिल भएका छन् । अहिले केही समय अघि राजधानीको महाराजगञ्जस्थित […]

२ चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, त्रिवि शिक्षण अस्पतालसहित राजधानीका २ ठूला अस्पताल सिल

काठमाडौं, २७ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालका चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण भएपछि अहिले बुधवार साँझ अबेर अस्पताल सिल गरिएको हो । कोरोना संक्रमण पुष्टि भएको खबर आउने बित्तिकै अस्पतालको मूल गेट बन्द गरेर सिल गरिएको त्यहाँ उपचारका लागि गएका विरामीले […]