बलत्कारी संगठन नै खोलेर फेसबुकमा बलत्कार गर्न जाँदैछु भनेर लेख्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो। उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले जानकारी दिए। ‘उक्त फेसबुक ग्रुपमा उनको भूमिका के थियो […]

उपत्यकामा शुक्रबार भेटिए २४०२ जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७८४,ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरीमाथि गोली चलाउने चार सार्वजनिक

वीरगञ्ज । प्रहरीमाथि गोली चलाउने चारजनालाई पक्राउ गरी पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरीमाथि गोली चलाउने पर्साको ठोरी गाउँपालिका ४ निवासी ३५ वर्षका कुमार लामा, वर्ष ३८ को सुन बहादुर लामा, वर्ष ३६ को बाबुराम लामा र वर्ष २७ का अमन लामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध सामान तस्करी भइरहेको सूचनाको आधारमा […]

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि […]

मापसे गरेकी एक आमाले डेढ वर्षको छोरोसहित राप्तीमा हाम फालिन

काठमाडौं, ३० असोज । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले […]

लाप्चाबाटै मानसरोवर कैलास दर्शन, यो वर्ष पाँच सय दर्शनार्थी

हुम्ला ।  निलो आकाशको काखमा पुगे झैँ अनुभव हुने हुम्लाको उत्तरी गापा नाम्खाको लिमीमा पर्ने लाप्चाबाट आँखाको धित मरुञ्जेल मानसरोवर कैलाशको अति नजीकबाट दर्शन गर्न सकिन्छ । यहाँको उचाई करीब ५हजार ३ सय रहेको छ । यो वर्ष हिल्छा नाका बन्द हुँदा मानसरोवर कैलास जाने दर्शनाथी र तिर्थयात्रीहरूका लागि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलासको दर्शन […]

रक्षामन्त्रालयले मन्त्री पोखरेललाई गरेको विदाई कार्यक्रममा गएनन प्रधानसेनापति, जंगी अड्डामै बोलाएर विदाई गर्ने

काठमाडौं, २९ असोज । प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो । नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा […]

फेरि बढे संक्रमित, बिहीबार भेटियो ३७४९ जनामा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार […]

नेताले बिगारेको राजनीति सपार्न एउटा आँधीबेहरी ल्याउन जरुरी छ

नेपाल प्राचीन समयदेखि नै निरन्तर युद्धमा छन् । व्यवस्था विरुद्धको आन्दोलन आजपर्यन्त जारी छ । तर, संघर्षका स्वरुप, शैली र त्यसमा प्रयोग हुने प्रविधिमा भने बदलाव आएको छ । प्रविधि बदलिए पनि मानिसहरुको प्रवृति भने फेरिएको छैन । हरेक एक युगले अर्को युगलाई पछार्दै आफ्नो दवदवा कायम गरेको छ । किराती, लिच्छवी, मल्ल, शाह, राणा, […]

वहराइन राजकुमारसहित १७ जनाले मनास्लु हिमालको गरे सफल आरोहण

काठमाडौं । वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्। कोभिड-१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।