काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बिहान ७ बजेदेखि जारी छ । कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा समिति सदस्यहरू कसलाई जिम्मेवार ठहर्याउने भन्ने छलफलमा छन् । छलफलमा प्रतिपक्षले राजनीतिक नेतृत्व समेत जोडिएकाले त्यसअनुसार कारबाही सिफारिस हुनुपर्ने अडान राखेको छ […]
मुख्य समाचार
अचम्मलाग्दो तमन्नाको सौन्दर्य सेक्रेट
मुम्बई, न्यूजकारखाना । आफ्नो प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहने अभिनेत्री हुन् तमन्ना भाटिया । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो ब्यूटी सेक्रेट सेयर गरेकी छिन्, जुन सुनेर धेरै मानिसहरु छक्क परेका छन् । तमन्ना भाटिया चलचित्र जगतको एउटा ठूलो नाम हो । हिन्दी चलचित्रका साथसाथै उनले तमिल र तेलुगु चलचित्रमा पनि काम गरिसकेकी छिन् र […]
हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटना, १ जनाको मृत्यु
सिराहा । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी […]
प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफसँगै समापन हुने तयारी छ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन्। प्रचण्डको जवाफअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले पनि आ-आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम […]
पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो
सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानी प्रवाह मापन गरिएको थियो। आज (सोमबार) बिहान गरिएको मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको सशस्त्र प्रहरी बलका उपरीक्षक निर्मल थापाले जानकारी दिए। उनका अनुसार […]
यस्तो छ आज सोमबारको साइत र राशिफल
काठमाडौ । आज राशिफलः २०८२ साउन १९ गते साेमवार, ई.सं २०२५ अगस्त ४, नेपाल सम्बत ११४५ गुंलाथ्वा दशमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल दशमी, पञ्चाङ्गः ब्रह्म गर अनुराधा, सुर्य कर्कट राशीमा, करणः बणिज योगः ब्रम्हा । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२ मिनेटमा हुनेछ । आज कुनै […]
आज प्रतिनिधिसभाको बैठक बस्ने, यस्तो छ कार्यतालिका
काठमाडौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यस्तै, संघीय संसद्का महासचिवले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९” मा राष्ट्रपति […]
भक्तपुर पढ्न सहसचिवहरुको भ्रमण
भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् । स्थानीय सरकारको नेतृत्व, सेवा प्रवाह र समन्वयबारे बुझ्न उनीहरू स्थलगत भ्रमणमा आएका हुन् । सो अवसरमा ‘परिवर्तनको लागि नेतृत्वको भूमिका: स्थानीय सरकारसँग साक्षात्कार’ शीर्षकमा अन्तरक्रिया कार्यक्रममा समेत उनीहरू सहभागी भए । अन्तरक्रियामा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको […]
निर्मला पन्तको घटना नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्। आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा उनले भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल […]
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्। ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज […]











