विधान अधिवेशनमा प्रस्तुत हुने भयो कर्ण थापाको फरक मत

काठमाडौं । भोलिबाट सुरु हुने विधान अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत प्रस्तुत हुने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए ।

‘कर्ण थापाले आजमात्रै प्रस्तुत गर्नुभएको फरक मतबारे भोलि विधान अधिवेशनमा छलफल हुन्छ,’ ज्ञवालीले भने ।

यसअघि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि फरक मत राखेका थिए । यद्यपि यसबारे आज बसेको सचिवालय बैठकले कुनै निर्णय भने गरेको छैन ।