भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो ।

समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।

पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ ।

यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसमक्ष यसबारे कुरा राखेका उनको सचिवालयले बाहिर ल्याएको थियो । लिपुलेकमा नेपालको दाबीलाई नयाँ दिल्लीले अस्वीकार गर्दै आएको छ ।

यद्यपि, अनौपचारिक भेटमा मोदीसंग प्रधानमन्त्री ओलीले लिपुलेकबारे केही नबोलेको भन्दै नेपालीहरु असन्तुष्ट छन् ।

हेर्नुस् लिङ्क

https://theprint.in/diplomacy/nepal-prime-minister-kp-sharma-olis-india-visit-unlikely-this-month/2735655/