काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय […]
मुख्य समाचार
पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाडौं । पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका-३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो ।शंकाष्पद […]
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल
जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ । बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए । उनका अनुसार सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो । उपचारको क्रममै उनको निधन भएको […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न दिउँसो एक बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । […]
कोलोम्बियामा शक्तिशाली भूकम्प, कम्तिमा १११ जनाको मृत्यु
काठमाडौँ । कोलोम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १११ जनाको मृत्यु भएको छ। कोलोम्बियाको भूगर्भीय सेवाका अनुसार बिहान ७:३४ बजे चोको प्रान्तको सान जोस डेल पालमार गाउँ नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो। यसको धक्का पश्चिमी कोलोम्बियाका सयौं माइलसम्म महसुस गरिएको थियो। अहिलेसम्मकै शक्तिशाली मध्येको भूकम्प गएसँगै त्यहाँ आपतकालीन अवस्थाको घोषणा भएको बिबिसीले जनाएको […]
रास्वपा सांसद आचार्यको तर्क : संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन समिति गठन गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘ मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको […]
यलुङ रि हिमपहिरोमा परेको ९ महिनापछि भेटियो पाँच जनाको शव
काठमाडौँ । दोलखाको यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव भेटिएको छ। गौरीशंकर गाउँपालिका-९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव ९ महिनापछि भेटिएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार शुक्रबार नै शव फेला परेको थियो। मौसम […]
एसियाली सेयर उकालो लाग्दा तेलको भाउ पनि उकालो
टोकियो। अमेरिकाको फितलो रोजगारी प्रतिवेदनले तत्कालै ब्याजदर बढ्ने जोखिम घटाएपछि सोमबार एसियाली सेयर बजार उकालो लागेको छ। वाल स्ट्रिटको सकारात्मक प्रभाव एसियाली बजारमा देखिए पनि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा तेलको मूल्य भने बढेको छ। इरानले आइतबार ओमानसँग स्ट्रेट अफ होर्मुजमा नयाँ समुद्री मार्ग तोक्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ। यद्यपि अमेरिकाले अन्य […]
प्रतिनिधिसभा बैठक : २ मन्त्रीले जवाफ दिने, ४ विधेयक प्रस्तुत हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी […]
गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि ट्रम्पको १५ बुँदे प्रस्ताव हमासले मान्यो, इसराइलले मानेन
काठमाडौँ । गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको १५ बुँदे योजनालाई इसराइले अस्वीकार गरिदिएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबारको मन्त्रिपरिषद बैठकमा ट्रम्पको योजनालाई इसराइलले स्वीकार नगरेको बताएको अमेरिको समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले लेखेको छ। ‘इसराइल १५ बुँदे प्रस्ताव अस्वीकार गर्दछ,’ बैठकमा नेतन्याहूले भनेका छन्। हमास हतियार बुझाएर गजाको शासन […]










