सत्ता पल्टिएपछि यस्तो छ श्रीलंका, बङ्गलादेश र नेपालको शेयर बजार

काठमाडौ । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन […]

अदालतको नक्कली जागीर खोली ठगी गरेको आरोपमा आमाछोरी पक्राउ

मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।  सिरहा स्थायी ठेगाना भइ विराटनगर बस्ने ५० वर्षीय पुनम देवी साह र उनकी छोरी वर्ष  २७ कि कोमल कुमारीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरूले मोरङ जिल्ला अदालतको नक्कली फेसबुक पेज बनाइ विभिन्न पदमा भर्ना खुल्ला भएको भन्दै शुल्क असुली गरी ठगी गर्दै आएका […]

जेनजी आन्दोलन, इन्चार्जहरूलाई उपत्यका बाहिर नजान निर्देशन

प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा काठमाडौँमा जिम्मेवारी सम्हालेका तत्कालीन प्रहरी इन्चार्जहरूलाई उपत्यका बाहिर नजान निर्देशन दिएको छ। जाँचबुझ आयोगबाट प्राप्त पत्रका आधारमा मुख्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै ती इन्चार्जहरूलाई आवश्यक परे तुरुन्त उपस्थित गराउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो। आयोगले आन्दोलनका क्रममा […]

श्रीराम मन्दिर परिसरमा महानगरको डोजर

काठमाडौं । थापाथलीस्थित श्रीराम मन्दिर बैरागी अखडा परिसरमा गुठी संस्थानले जबर्जस्ती राख्न दिएको मदिरा बेच्ने रेस्टुरेन्ट काठमाडौं महानगरपालिकाले हटाएर उक्त संरचना नै भत्काइदिएको छ। मन्दिर परिसरमा मदिरा बिक्री भइरहेको भन्दै स्थानीय बासिन्दा, भक्तजन र धार्मिक संघसंस्थाले पटक–पटक आपत्ति जनाए पनि गुठी संस्थानका जिम्मेवार कर्मचारीहरूले बेवास्ता गर्दै आएका थिए । अन्ततः धार्मिक स्थलको पवित्रता र जनभावनाको […]

राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल आज ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान गरेका छन्। उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले उनलाई आइतबार बिहान त्रिभुवन बिमानस्थलमा बिदाइ गरे । कात्तिक १८ देखि २० गतेसम्म कतारको दोहामा हुने सम्मेलनमा उनी १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन्। सम्मेलनमा राष्ट्रपति पौडेलले मुख्य सत्रलाई सम्बोधन गर्नेछन्। उक्त भ्रमणका […]

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच पार्टी एकता सहमति

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ राजनीतिक दल–समूहबीच पार्टी एकताको उद्देश्यले १८ बुँदे सहमति भएको छ। आइतबार सम्पन्न बैठकपछि ती दलका शीर्ष नेताहरूले सहमति-पत्रमा हस्ताक्षर गरेका छन्। सहमति-पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव […]

रक्षा बमले गठन गरिन ‘नेपाल जेनजी फ्रन्ट’

काठमाडौ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा नयाँ संगठन ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ। उनले जेनजी आन्दोलनलाई संस्थागत र एकीकृत रूप दिनका लागि उक्त मोर्चा स्थापना गरेको घोषणा गरेकी हुन्। बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठ लामो दस्तावेजसहित मोर्चा गठनको घोषणा गरेकी छन्। विज्ञप्तिअनुसार, जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न समूह र नेताहरूलाई एउटै संरचनामा ल्याई […]

बञ्चरेडाँडामा अवरोध,घरको फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीबासीलाई घरको फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ। बञ्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्रमा फोहोर बिसर्जनमा समस्या उत्पन्न भएपछि महानगरले सूचना जारी गर्दै अस्थायी रूपमा घरमै फोहोर सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो। महानगरका अनुसार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयवासीले फोहोर व्यवस्थापनका कार्यमा अवरोध गरेपछि पछिल्ला केही दिनदेखि फोहोर संकलन र ढुवानी कार्य […]

राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट अभियोगमा तीन पक्राउ

shitalniwas

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा, र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आन्दोलनका क्रममा शीतल […]

हिडन भ्यालीमा हराइरहेका पर्यटकसहित १५ जनाको उद्धार

Hiu

मुस्ताङ । मुस्ताङ जिल्लाको हिडन भ्याली ईलाकाको हिमपातमा फसेका तीन विदेशी सहित १५ जना पर्यटकहरुलाई उद्धार गरिएको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि उनीहरूलाई फेला पारी उद्धार गर्न सफल भएको नेपाली सेनाले जनाएको हो । करिब ४९०० मिटरको बतासेडाँडा ईलाकामा उनीहरू फेला परेका र साधारण स्वास्थ्य परिक्षण […]