एक्लिएपछि विप्लवले छोडे समाजवादी मोर्चा

काठमाडौं । समाजवादी एकताको प्रयास स्वरूप गठन गरिएको चार दलीय समाजवादी मोर्चा करिब २ वर्ष ४ महिनापछि महिनापछि विघटन भएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधवार विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेपछि उक्त गठबन्धन स्वतः विघटन भएको हो। चार दलीय मोर्चाका तीन घटक एकीकृत भइ एउटै पार्टी नेपाली कम्युनिस्ट […]

भक्तपुरमा बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु

भक्तपुर । बालबालिकाको शारीरिक र मानसिक विकास तथा रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रम भक्तपुरमा शुरु भएको छ । मंगलबार कमलविनायकस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले कार्यक्रमको शुभारम्भ गरेका छन् । चिकित्सालयका प्रमुख डा नदन कडेलले जनाए अनुसार स्वर्णबिन्दु प्राशन बच्चाको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने, बुद्धि […]

जेन-जी सरकारले दानबहादुरलाई दियो नेपाल प्रहरीको बागडोर

काठमाडौँ । नेपाल प्रहरीको नयाँ नेतृत्वका रूपमा एआइजी दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा जानुअघि मन्त्रिपरिषदले कार्कीलाई नयाँ आइजिपीका रूपमा चयन गर्ने निर्णय गरेको हो। मन्त्री परिषद स्रोतका अनुसार, आइजिपीको दौडमा रहेका एआइजी डा. मनोज केसी, राजन अधिकारी र सिद्धि विक्रम शाहलाई पछि पार्दै कार्कीले अन्ततः बाजी मारेका […]

नेपाली कांग्रेस पार्टीमा रुपान्तरण र पुनर्गठनको माग

ललितपुर । देशको जेठो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य राजीव ढुङ्गानाले युवाको प्रतिनिधित्व, भ्रष्टाचारमा शून्य सहनशीलता, रूपान्तरित र पुनर्गठित पार्टी सहित निर्वाचनमा जाने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले उक्त प्रस्ताव पेश गरेका हुन् । केन्द्रीय सदस्य ढुङ्गानाले पार्टीले ‘जेन-जी’ आन्दोलनको भावनालाई सम्मान […]

नबिल बैंकले कमायो पौने २ अर्ब नाफा

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले पौने २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो […]

पूर्वराष्ट्रपतिले लिइन् नागरिकताको प्रतिलिपि

पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा घर जल्दा उनको नागरिकता पनि जलेको थियो । भण्डारी मंगलबार आफै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि लिएकी हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई प्रतिलिपि प्रदान गरेका थिए । सो अवसरमा […]

एसएसपी बोगटी भन्छन्, “साइबर अपराध प्रहरी र समाज दुवैका लागि चुनौती भयो”

hobinda bogati

ललितपुर । ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले नागरिकले घरमै बसेर प्रहरी सेवाबाट लाभ लिन सक्ने वातावरण बनाउन लागिपरेको जानकारी दिएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रहरीले सम्पादन गरिरहेका कामकारवाहीबारे जानकारी दिंदै कानूनी राज्यको प्रत्याभूति दिन कुनै कमी नगर्ने प्रतिबद्धता जनाए। उनका अनुसार प्रहरी र नागरिक समाजका दुई […]

शहीदपत्नी एवं बागमती प्रदेशकी पूर्वमन्त्री जोन्छेंको निधन

भक्तपुर । नेपाली कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेश सरकारकी पूर्व मन्त्री रजनी अमात्य जोन्छेंको निधन भएको छ । उपचारको क्रममा मंगलबार बिहान मध्यपुर अस्पतालमा ७७ वर्षको उमेरमा जोन्छेको निधन भएको पारिवारिक श्रोतले जनाएको हो । उनी नेपाली कांग्रेस भक्तपुरको पूर्व सभापतिसमेत रहेका शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् । ललितपुरको पाटनमा जन्मिएकी उनले २०३५ सालमा […]

पाँच प्रहरी नायव महानिरीक्षकले पाए दर्ज्यानी चिह्न

काठमाडौ ।  नेपाल सरकार गृहमन्त्रालयको कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना अधिकृतहरू दर्ज्यानी चिन्ह पाएका छन्। प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित समारोहमा ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिए। दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, […]

स्वतन्त्र प्रेसविरोधी प्रावधान सच्याउन पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले कार्यान्वयनमा ल्याएको छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ का केही प्रावधानहरू स्वतन्त्र प्रेस विरोधी रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघले ती प्रावधान तत्काल सच्याउन सरकारसँग जोडदार माग गर्दै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप मान्य नहुने चेतावनी दिएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नाम र डोमेन […]