काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक […]
मुख्य समाचार
पक्राउ परेका पत्रकार श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?
काठमाडाैँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे। युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे। साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग […]
सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा ६ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा […]
सरकारी कार्यालयहरूमा अब निवेदनको ढाँचा एकै किसिमको हुने
काठमाडौँ । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउने जमर्को गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। यो मार्गदर्शनले विभिन्न सरकारी कार्यालयहरूमा […]
ग्यास अभावबारे सरकारलाई रुलिङ गर्न राष्ट्रियसभामा माग
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नुपरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखिएको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताइन् । साथै उनले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले कहिल्यै […]
साउन २९ देखि ३१ सम्म रास्वपा सांसदलाई तेस्रो पटक प्रशिक्षण दिइँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन २९–३१ सम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ । संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् । धितालका अनुसार ललितपुर गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि दुई पटक दिएको प्रशिक्षण अपुग भएकाले पार्टीले तेस्रो पटक कार्यक्रम […]
प्रतिनिधि सभा बैठक भदौ १ गते मात्रै बस्ने
काठमाडौँ। प्रतिनिधि सभाको बैठक भदौ १ मात्रै बस्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् मंगलबार बसेको बैठकमा खनिज पदार्थ सम्बन्धी विधेयक २० ८३ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। त्यस्तै मङ्गलबारको बैठकमा आकस्मिक सुन्ने र विशेष समयमा सांसदहरूले आआफ्ना धारणा राखेका थिए।
कांग्रेस आन्तरिक विवाद : सभापति थापा र नेता डा. कोइरालाबिच जुटेन सहमति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच मंगलबार बिहान भेटवार्ता भएको छ। डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटघाट सवा १० बजेसम्म चलेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । […]
प्रधानमन्त्री बालेनलाई भेटेर सभामुखले भने– संसदमा आइदिनुस्
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ । उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो भएको भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् । ‘संसदमा […]
सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय […]










