काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको […]
मुख्य समाचार
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने
काठमाडौं । नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी […]
मधेशमा नयाँ सरकार गठनको आह्वान
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् । आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ […]
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको […]
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौँ । प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो। उनीहरूमाथि […]
नियम बिपरित विब्यस बनाउने विद्यालयको संघीय अनुदान रोक्का गर्ने चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठनमा ढिलाइ गर्ने वा नियमविपरीत गठन गर्ने पालिकाहरूलाई कार्वाहीको कडा चेतावनी दिएका छन् । “विद्यालय व्यवस्थापन समिति गठन नगर्ने, वा मनपरी ढंगले विद्यालय चलाउने पालिकाहरूलाई पुनः सूचना जारी गरिएको छ। नियम नमान्ने पालिकाको विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिनेछ।” उनले भने । मन्त्रालयले […]
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको […]
डेढ महिना लामो रस्साकस्सीपछि कांग्रेसभित्र जुट्यो सहमति
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा देखिएको विवाद डेढ महिनापछि टुंगिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै लिखित मन्तव्य दिएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई […]
काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए । एक चिकित्सकले दिएको जानकारी […]
नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ […]











