काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गरेका छन् । बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेताकार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी […]
मुख्य समाचार
पत्रकार श्रेष्ठलाई हतकडी लगाएर अदालत पुर्याइयो
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका […]
काठमाडौँ ओर्लिएपछि देउवाले भने, शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् । करिब पाँच महिना लामो स्वास्थ्योपचारपछि बिहीबार काठमाडौँ ओर्लिएका देउवाले एक वक्तव्य जारी गर्दै विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्। देउवाले नेपाली कांग्रेसले युवा पुस्ताले […]
पाँच महिनापछि काठमाडौँ आइपुगे शेरबहादुर देउवा
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए। देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले […]
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्रनु लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले समाचार लेखेकै आधारमा जनआस्थाका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्। फेसबुकमा एक पोस्ट सेयर गर्दै नेता कोइरालाले भनेका छन्, ‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्रनु लोकतन्त्रको लागि राम्रो संकेत होइन। पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस […]
रोल्पा पहिरो अपडेट : मृतकको सङ्ख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा गएराति गएको पहिरामा परि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। अविरल वर्षाका कारण माथिबाट आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको थियो। पहिरामा परेर थबाङ ५ की १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको थियो। उद्धारका […]
रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ घाइते
रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा राति आठ बजेर ४० मिनेटमा पहिरो झर्दा थबाङ गाउँपालिका-५ बस्ने वर्ष ६० का कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ती पुनमगरको मृत्यु भएको हो । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय […]
झन्डै ६ महिनापछि शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक […]
पक्राउ परेका पत्रकार श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?
काठमाडाैँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे। युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे। साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग […]
सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा ६ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा […]










