दलितलाई प्रेम गरेको भन्दै छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

बुटवल, ७ साउन । छोरीले अन्तरजातीय प्रेम गरेको भन्दै कुटपिट गर्ने बाबुविरुद्ध मुद्दा दायर भएको छ । घटनामा संलग्न अरु चारविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । रुपन्देहीको मर्चवारका इन्नर यादव, उनका परिवार र छिमेकीले मीना यादव नामक युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मात्र प्रहरीले […]

कुनै खेल नजिती फर्कियो नेपाली यू–२३ टिम

काठमाडौं, ५ साउन । नेपाली फुटबल प्रेमीलाई निरास हुने गरी नेपाली टीमले हार खाएको छ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् […]

रोल्पाका दुई सामुदायिक विद्यालय नमूना घोषित

रोल्पा, ५ साउन । एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय घोषणा भएको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जानकारी दिएको छ । शिक्षा […]

छोरीहरू र ज्वाई मिलेर आफ्नै बाबुको हत्या

चितवन, ५ साउन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरू अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको […]

तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको चेतावनी

काठमाडौं, ४ साउन । भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले आफ्नो भूमीबाट सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएको छ । भारतले चिनियाँ भूभागमा सैनिक राखेको […]

एक वर्षमा ५० हजार विद्यार्थी विदेश पलायन

काठमाडौं, ४ साउन । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० […]

एकाएक मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा भर्ना

काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुगेको उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् । प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

सनसनीपूर्ण खुलासा : नेपाल आइडलमा फिक्सिङ ! पैसाको ठूलो चलखेल

काठमाडौं । चर्तित रियालिटी शो नेपाल आइडलमा ठूलो पैसाको चलखेल हुन थालेको रहस्य खुलेको छ । नयाँ पुस्तामाझ निकै लोकप्रिय बनेको यो रियालिटी शो भित्र पैसाको चलखेल हुनथालेपछि अहिले सर्वत्र आक्रोश पोखिन थालेका छन् । नेपाल आइडलका दर्शक र यस शोका प्रतियोगीहरुका फ्यानहरुले नेपाल आइडलका सञ्चालकले गरेको यस्तो चलखेलप्रति सामाजिक सञ्जालमा कडा टिप्पणी गर्न सुरु […]

गोलाकारभित्रको हसिया हथौडा फेर्न प्रचण्डलाई चर्को दवाव

काठमाडौं, ४ साउन । स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) समीक्षामा छ । पार्टीको विभिन्न तहको बैठक बसालेर सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव हार्नुका कारण खोतलिरहेका छन् । यसैबीच प्रचण्डलाई तल्ला तहका नेताहरुले पार्टीको चुनाव चिन्ह फेर्न माग गरेका छन् । अधिकांश जिल्ला इन्चार्जहरुले अहिले प्रयोग गरिरहेको पार्टीको चुनाव […]

मलेसियामा नेपाली सुरक्षागार्डले देखाएको बहादुरीप्रति संसारभर यस्तो प्रशंसा (भिडियो)

काठमाडौं । मेलेसियामा कार्यरत नेपालीहरुले गरेको कामप्रति अहिले विश्वभरका नेपालीहरुमाझ निकै चर्चा भइरहेको छ । मलेसियाको सुवाङजया भन्ने ठाउँको एक अपार्टमेन्टमा कार्यरत नेपालीहरुले जवरजस्त अपार्टमेन्टमा छिर्न खोज्ने एक व्यक्तिलाई बहादुरीपूर्वक कब्जामा लिएको भिडियो दृष्यले विश्वभर चर्चा पाएको हो । एकजना मार्सल आर्टका खेलाडीलाई नेपाली सुरक्षागार्डले नियन्त्रणमा लिएर झ्याइकुटी पार्दै लगेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको […]