दलितलाई प्रेम गरेको भन्दै छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

बुटवल, ७ साउन । छोरीले अन्तरजातीय प्रेम गरेको भन्दै कुटपिट गर्ने बाबुविरुद्ध मुद्दा दायर भएको छ । घटनामा संलग्न अरु चारविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । रुपन्देहीको मर्चवारका इन्नर यादव, उनका परिवार र छिमेकीले मीना यादव नामक युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मात्र प्रहरीले घटनाबारे थाहा पाएको थियो ।

त्यत्रो घटना हुँदा पनि कुनै कदम नचालेको भन्दै नेपाल प्रहरीले मर्चवार इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उदय सिजापतिलाई विभागीय कारवाही थालेको छ ।

छोरी मिनालाई निर्घात कुटपिट गर्ने वावु इन्नर यादवसहित पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दायर गरेको छ । प्रहरीले युवतीका वावु इन्द्र यादवलाई गिरफ्तार गरिसकेको छ भने बाँकी चार जना फरार रहेका छन् ।

तल्लो जातको युवकसँग प्रेम गरेको भन्दै मिना यादवमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेका थिए । मिनाले दिनेश लोध नाम गरेका दलित युवकलाई प्रेम गरेको भन्दै सो कुटपिट गरेका थिए । मिनाका बाबु र गाउँलेले ती युवकलाई पनि मिनालाई भेटेकै कारण एक लाख जरिवाना समेत गराएका थिए ।

रुपन्देहीका प्रहरी उइन्दै परीक्षक रवीन्द्र धानुकले युवतीका बाबु इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

मुद्दा दायर गरिएकाहरुमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४६ वर्षीय युवतीका बाबु इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरी रहेका छन् ।

Loading...