भुत प्रेत बिसर्जन पर्ब गथेमुगल ”घण्टाकर्ण ”

श्रावण ६ , काठमाडौँ                         नेवार समाजमा प्रत्येक बर्षको श्रवण कृष्ण चतुर्दशीका दिन गथामुग: पर्व ( घण्टा कर्ण ) पर्व उपत्येकाको तिनै जिल्लामा चौबाटोमा नर्कटको बोट लाई तिन मुथ्थाको तिनखुत्ता त्रिपद बनाई थद्याइने सम्बर भैरव को प्रतिक पनि मान्ने गर्दछ । भूतलाई पन्छाउने यस पर्वलाई उपत्येकमा जात्राको सुभारम्भ स्वरूप मानिने गथेमुगल पर्व यो बर्षको कृषि कर्म सकिएको (सिनाज्या ) रुपमा मनाउने परम्परा चलिआएको छ । जस अनुसार शुक्रबार उपत्येका भित्रका काठमाडौँ ,ललितपुर ,भक्तपुर मा विधिवत येस पर्व मनाए ।                                                                                     आख्यान अनुसार पहिले पहिले मानिसको संख्या निकैनै कम हुने गर्दथियो । थोरै मानिस तर धेरै खेत बारी , मौसमा भरपरिकन खेती बालि समयेमै लगाउन नसकिय अनिकाल ,अन्नको हाहाकार हुने गर्दथियो । यस्को समाधानको लागि तन्त्र विद्याको सहायताले मानिस भन्दा बलिया राक्षेसलाई बसमा पारि आफ्नो खेतको गार्हो कामहरु गर्न लगाऊ थियो । महिनौ महिना यसरी तन्त्र बिध्यमा बाधी राक्षेसलाई पाल्न गार्हो मात्र नभई ज्यानै जोखम समत पर्ने गर्दथियो । त्येसैले खेतको सम्पूर्ण ( धन रोपाई ) कृषि कर्मसकिएको समापन हुने हुदा जोखम मोल्दै पालेका बाहिर बाट ल्याइएका राक्षेस भुत प्रेतलाई विधिवत बिदाई तथा पन्छाउने पर्वको घण्टा कर्ण ,गथेमुगल मनाउने परम्परा चलिआएको छ । गठेमुग:पर्वलाई  नेवार समुदायमा तन्त्र सिद्दि तथा कुविध्या सिक्ने बर्ष भरिकै सबै भन्दा उत्तम दिनको रुपमा लिने गर्दछ । मध्ये रातमा शक्ति पिठहरुमा , समसानमा गइ एस्तो साधना गर्ने प्रचलन रहेको थियो । येस्ता कुबिध्या ,भुत प्रेतको कुप्रभाब नपर्नको लागि येस दिन पलम ,पित्तल ,तामा सहित धातुको औठी धारण गर्नु पर्ने जनबिस्वास रहेको छ । चौबाटोमा नर्कको त्रिपद ठड्याईएको सम्बर भैरबको प्रतीकमा लुगाका कपडाका तुकदा बाट बनाइएका पुतली बनाएर भूतको प्रभाव र रोग ब्याधिबात मुक्त हुनको लागि बाधी झुन्द्याइञ्छ भने साँझा घर ठेगाना नभएका ब्येक्तिलाई भूतको प्रतिक मानि ” ऒम शान्ति जयेनेपल आजु दे हा ” भन्दै दिनभर थद्याइयेको नर्कटको त्रिपदमाथि राखी तान्दै घरको दुस्ट आत्मा , पन्छाउने भन्दै खोला ,दोभानमा लागि सेलाउने गर्दछ ।                                                                                                                                           उपत्येका भित्रका पुराना सहरहरुमा मानिने मौलिक पर्वहरु समयको परिवर्तन संगै येस्ता पर्वहरु बिस्तारै हट्दै गएको हुदा गथेमुगल पर्वपनि कतिपय स्थानमा हट्दै गएको पाइन्छ । येस्ता पर्वहरुको संरक्षण गर्नु पर्छ भन्दै काठमाडौँ नयाँ सडक संगै धर्मपथ ,सिध्दी चरण चोक स्थत नयाँ  दफ्तर युवा क्लवले प्रतेक बर्ष सस्कृति ,परम्पराको जगेर्ना गर्दै आएको छ । क्लबका अध्यक्ष राकेस शाही आफैले सबैलाई समेटी सबैको सहयोगमा परम्परा चलाउदाै आएको सुनाउछन् ।                                                                                                                                                                                                                                                                                                                           

Loading...