काठमाडौँ । पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। उनका अनुसार शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ। उक्त मर्मत कार्य […]
मुख्य विशेष
खालिदा जियाका छोरालाई मोदीले पठाए समवेदना पत्र, बंगलादेशसँग सम्बन्ध सुधारको पहल
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानलाई व्यक्तिगत सन्देश पठाउँदै छिमेकी देशसँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेका छन्। रहमानकी आमा तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनपछि पठाएको समवेदना पत्रमार्फत मोदीले यो कूटनीतिक पहल गरेका हुन्। गत वर्ष सत्ताच्यूत भएर हाल भारत निर्वासनमा रहेकी प्रधानमन्त्री शेख हसिनाको […]
सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु
विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही […]
रविको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जमानत बसिदिएका मनोहर प्रधान पार्टीको समानुपातिक सूचीमा परेका छन्। बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रूपैयाँ जमानत दिएका थिए। उक्त मुद्दाको कुल बिगो रकम १० करोड ९९ लाख ३६ हजार रूपैयाँ थियो। त्यसमध्ये लामिछानेले आफ्नो भागमा पर्ने २ […]
मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, ६ मन्त्रीले सपथ लिने
जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने […]
निर्वाचनबाट मात्र संविधान र राष्ट्रियताको रक्षा सम्भवः पूर्वमन्त्री पम्फा भुसाल
ललितपुर । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताएकी छन्। नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको मंगलबार महालक्ष्मीस्थानमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको धारणा राखिन्। भुसालले […]
खोला मापदण्डविरुद्ध बिहीबार विरोध र्याली
बुद्ध शरण शाही, काठमाडौँ । बागमती र विष्णुमती नदी किनारमा लागू गरिएको ४० मिटर खोला मापदण्डविरुद्ध काठमाडौं उपत्यकामा सडक प्रदर्शन हुने भएको छ। सर्वोच्च अदालतले मुख्य तथा सहायक नदीको दायाँ–बायाँ पहिलेदेखि कायम २० मिटरमा थप २० मिटर जोडेर ४० मिटर क्षेत्रमा कुनै संरचना निर्माण गर्न नपाइने फैसला गरेपछि त्यसविरुद्ध आन्दोलन घोषणा गरिएको हो। उपत्यकाव्यापी सडक […]
भक्तपुरको सल्लाघारीमा जुवातास खेल्ने १४ जना समातिए, डेढ लाख बढी बरामद
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा जुवा तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार साँझ करिब साढे ६ बजेको समयमा सल्लाघारीस्थित डेरा गरी बस्दै आएका ४१ वर्षीय गोपाल बहादुर बलको कोठामा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरूको साथबाट […]
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। यसअघि आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक […]
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा मरासिनी
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठताको आधारमा डा. मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेकी हुन्। एघारौँ तहमा कार्यरत डा. मरासिनी ट्रमा सेन्टरका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। डा. मरासिनी यसअघि पनि ट्रमा सेन्टरको प्रमुख […]











