काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ १६ […]
मुख्य विशेष
जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस
काठमाडौं । गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र विध्वंशको घटना छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक भएको छैन । उक्त आयोगले गत फागुन २४ गते नै प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन अझैसम्म गोप्य राखिएको छ। प्रधानमन्त्री कार्कीले बालुवाटार छाड्न लाग्दासमेत उक्त प्रतिवेदन गोप्य राखिएको छ । […]
भक्तपुरमा फेक रेस्क्यूले तनाव
भक्तपुर । भक्तपुरको सल्लाघारी चोकमा स्कूल बस र सार्वजनिक बस ठोक्किएर ‘दुर्घटना’ भएपछि स्थानीय आत्तिए। स्थानीयसमेत रहेका बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठलाई दुर्घटनाको खबरले चिन्तित मात्र बनाएन, उनले उद्धारका लागि प्रयास नै गरे । तर, त्यो दुर्घटना बास्तविक नभई कृत्रिम अभ्यास मात्र थियो । अभ्यास सम्बन्धि कुनै ब्यानर नहुँदा दुर्घटनाले केही बेर मानिसलाई बिचलित […]
क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ, १५ लाख नगद बरामद
काठमाडौँ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १५ लाख ३० हजार रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक प्रवेश अली, बाँकेका नरेश रेउले र सर्लाहीकी दिप्ती पोखरेल छन्। सुरूमा प्रहरीले चैत ६ गते सामाखुशीबाट रेउलेलाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गरेपछि […]
गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय […]
इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम—हर्मुज नखुले ऊर्जा संरचनामा हमला चेतावनी
वासिङ्टन डीसी । डोनाल्ड ट्रंपले इरानलाई ४८ घण्टाको कडा अल्टिमेटम दिएका छन्। उनले विश्वकै संवेदनशील र रणनीतिक तेल पारवहन मार्ग हर्मुज स्टेटलाई बिना कुनै अवरोध पूर्ण रूपमा सञ्चालनमा ल्याउन चेतावनी दिएका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत सार्वजनिक सन्देश जारी गर्दै स्पष्ट शब्दमा चेतावनी दिएका छन्—यदि इरानले तोकिएको ४८ घण्टाभित्र जलडमरू सुरक्षित र […]
अमेरिकामा रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निष्कासन सुरु
एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक […]
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै
काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन्। आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ। खुसीपूर्वक दान गरेर […]
साउदी अरबले भन्योः अवरोध कायमै रहे तेलको मूल्य १८० डलर नाघ्न सक्छ
काठमाडौं । ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा […]
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । अधिवक्ता श्रेष्ठले दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्चका […]











