पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै सिडियो कार्यालयमा पुगे डा. गोविन्द केसी

काठमाडाैं, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसी काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताकाे प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १० बजे बबरमहलस्थित जिल्ला प्रशाशन कार्यलय पुगेका हुन् । उनले सूचनाको हक अन्तर्गत निवेदन दर्ता गरी […]

यसरी गरे माओवादी केन्द्रका नेताहरुले सहिद वेपत्ताको करोडौ रकम हिनामिना

Maoist-Office

पाेखरा, १६ माघ । कास्कीको पोखरा स्थित नयाँ बजारमा रहेको गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटले शहिद बेपत्ता अक्षयकोषको सवा करोड रकम हिनामिना गरेको खुलासा भएको छ । शहिद बेपत्ता अक्षयकोष मार्फत पोखरामा शहिद मेमोरियल आवासीय माध्यमिक विद्यालयका तर्फबाट उक्त सहकारीको मुद्दती खातामा जम्मा गरिएको १ करोड भन्दा बढी रकम फिर्ता नगरेको भन्दै नेपाल कम्युनिष्ट […]

अवैध धनलाई वैधानिक बनाउने अनेकौ प्रयत्न, अर्थविद भन्छन्, अवैध धनलाई प्रोत्साहन नगर

काठमाडौं, १६ माघ । अर्थविदहरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् । मंगलबार राजधानीको रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अर्थविद डा. शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘यदि ईलिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञहरुले छुट पाउँछन्, ब्युरोक्रेटहरुले छुट पाउँछन्, गुण्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि […]

केपी र प्रचण्डको पद व्यवस्थापन एमाले माओवादी केन्द्रको एकतामा ठूलो तगारो

काठमाडौं, १६ माघ । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ- एमाले-माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् । दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको हो । १७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य […]

लेखनाथ न्यौपाने र झक्कु सुवेदीले दिए राजिनामा सहित प्रचण्ड चेतावनी

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका दुई चर्चित नेताले राजिनामा दिएका छन् । प्रदेश नम्बर ३ का संयोजक समेत रहेका नेता सुवेदीले राजिनामा पत्र केन्द्रीय कार्यालयमा पेश गरेका छन् । त्यसैगरी काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पनि राजिनामा दिएका छन् । सुवेदी र न्यौपानले एक महिना पहिले नै राजिनामा दिइसकेको बताइएको छ । सुवेदी […]

नेकपाले सुरु गर्यो तीन महिने जनजागरण तथा भण्डाफोर अभियान

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे ।  साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । राजधानीकाे रत्नपार्कबाट अभियान उद्घाटन गरिएकाे हाे । अभियान उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य […]

एमाले र माओवादी केन्द्रको संयुक्त बैठक सिहंदरबारभित्र

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माअाेवादी केन्द्रकाे संयुक्त बैठक बसेकाे छ । पार्टी एकता र निर्वाचनका सन्दर्भमा गठित दुर्इ पार्टीकाे संयुक्त कार्यदलकाे बैठक सिं‌हदरवारमा बसेकाे हाे । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन् । अाजकाे बैठकमा दुई पार्टीका अध्यक्ष केपी […]

मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ट्रकमा ठक्कर खाँदा मृत्यु

सल्यान, १५ माघ । पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटर साइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय […]

अँध्यारोमा ब्रह्मलुटः भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक

शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । आजको नेपाल साप्ताहिकमा खबर छ । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा पारित बजेटमै नभएका शिर्षकमा कार्यक्रम स्वीकृति र खर्च, आर्थिक सहायता वितरण, विदेश भ्रमण […]

टाटा सुमो पोखरीमा डुब्दा ६ को मृत्यु

काठमाडौंबाट झापा जादै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । धनुषाको पोर्तहा भन्ने ठाऊँमा आज बिहान करिब ३ बजे तिर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । ‘११ यात्री बोकेर कुदेको टाटा सुमो पल्टिएपछि पोखरीमा डुब्यो र यति धेरै हताहती भयो ।’ एक स्थानीयले जानकारी […]