जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

बैतडी, ८ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने […]

अरु कसैले उम्मेदवारी नै नदिएपछि अग्नि सापकोटा सभामुखमा निर्विरोध

काठमाडौं, ७ माघ । संघीय प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा निर्विरोध चयन हुने भएका छन् । निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने बताइएको छ । संसद् सचिवालयले मंगलबार ११ देखि २ […]

मोदीले भने यसै वर्ष नेपाल भ्रमणमा आउँछु

काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमण गर्ने बताएका छन्। मंगलबार विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्स्फ्रेन्समार्फत गरिएको उद्‍घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको लागि दिएको निम्तोलाई मोदीले स्वीकार गरेका हुन्। नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपाल आएका छैनन् भने नेपालमा पनि केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएका […]

नेकपामा अब हरेक महिना वनभोज जानुपर्ने तर ‘तँ’ भन्न नपाइने ‘समाजवादी’ आचारसंहिता जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टी सदस्यहरुका लागि नयाँ आचारसंहिता जारी गरेको छ । सबै पार्टी सदस्यहरुले अनिवार्य लागु गर्नुपर्ने गरी जारी गरिएको आचारसंहितामा केही अनौठा प्रावधानहरु राखिएको छ । जुन प्रावधानहरु किन राख्नुपरेको हो भनेर धेरैले चासो राखेका छन् । नयाँ आचारसंहितामा अब हरेक महिना बनभोज गर्नुपर्ने, पारिवारिक जमघट गर्नुपर्ने […]

नेकपाबाट अग्‍नि, कांग्रेसले टुंगो लगाउँदै, निर्वाचन माघ १२ गते

काठमाडौं, ६ माघ । प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभामुख चयनको निर्वाचन माघ १२ गते गर्नेबारे दलहरुबीच सहमति भएको हो । दलहरुबीच माघ १२ मा सभामुखको निर्वाचन गर्ने सहमति भएको छ,’ खाँणले भने, ‘आज दिउँसो ४ बजे संसदको […]

उपसभामुख तुम्बाहाङफेले राजीनामा दिइन्, अबको बैठक ठाकुरले संचालन गर्ने

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न […]

प्रदेश नं ५: नाम र राजधानी टुङ्गो लगाउन माग

बुटवल, ६ माघ । प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएसंगै नाम र राजधानी टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश सभाका सदस्यहरूले यही अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको […]

सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् । उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै […]

सभामुख उम्मेदवारी: नेकपामा फेरिएको समीकरण

काठमाडौं, ६ माघ। डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले अक्कल झुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । तर झन्डै […]