ललितपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको छ। सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी सञ्चालन गरेको हो। छापामा स्थानीय प्रहरी पनि संलग्न थिए। घरभित्र रहेका कागजात, कम्प्युटर, मोबाइललगायतका विद्युतीय उपकरणहरू जफत गरिएको श्रोतले […]
मुख्य विशेष
कुभिण्डो काट्ने जात्राको लागि आवश्यक सामाग्री हस्तान्तरण
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बिजयादशमीको भोलिपल्ट पापांकुश एकादशीको दिन मनाइने खाँ पिहाँवइगु जात्राका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। यो जात्रा परम्परागत रूपमा मल्लकालीन सेनाको झल्को दिने खालको हो, जहाँ सहभागीहरू फलामको टोपी, तलवार, खड्ग र ढाल बोकेर युद्धमा उत्रन लागेको सिपाही झैं देखिन्छन्। जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने परम्परा भएकाले यसलाई भुईफसी पाल्यु […]
३३ सालदेखिको परम्परा तोड्दै नेपाली कांग्रेस
ललितपुर । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको र मुलुक शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी […]
चित्रकलामा चम्किँदै रितेश खतिवडा- संघर्षदेखि सफलतासम्म
काठमाडौ । हरेक मानिसको जीवनमा एउटा कथा हुन्छ – त्यो कथा कहिले संघर्षको हुन्छ, कहिले अवसरको, कहिले निराशाको त कहिले उपलब्धिको। कतिपय कथामा आँसुका ढिका हुन्छन्, कतिपयमा खुशीका फूलहरू। तर ती सबै कथाहरूमा एउटै कुरा समान हुन्छ – अडान, धैर्य र सपना। यही अडान र धैर्यले एक सामान्य गाउँको केटालाई आज चित्रकलामा छुट्टै स्थान दिलाएको […]
पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए। “अब पुरानै ढंगले चल्दैन, नयाँ […]
बढेको बढ्यै सुनको मूल्य
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको […]
चाँगुनारायणमा चितुवाको आक्रमणबाट युवक घाइते
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, गुरुङटारस्थित बाल्मिकेश्वर सडक खण्डमा बिहीबार राति चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्। राति साढे १० बजेतिर आफ्नो व्यवसायबाट मोटरसाइकलमा घर फर्कँदै गरेका स्थानीय सुमन काफ्लेमाथि अकस्मात् चितुवाले आक्रमण गरेको वडाध्यक्ष श्यामकाजी नयाँजूले ननस्टपखबरलाई बताए । “चितुवासँग जम्काभेट हुँदा आक्रमण भएको हो। घाइते काफ्लेलाई तत्काल भक्तपुर अस्पताल पुर्याइएको छ। […]
ललितपुर-१ मा अभियन्ता महतको उम्मेदवारी घोषणा
ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। महतले आफूलाई केवल […]
प्रचण्डले गरे पार्टीमा सामुहिक नेतृत्वको प्रस्ताव, देशकै नेतृत्व माओवादीको जिम्मेवारी भएको जिकिर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज प्रज्ञा भवन कमलादीमा बसिरहेको छ । बैठकको शुरुवातमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिलाई “शब्दातीत जटिल” भन्दै पार्टीलाई पुनः नवनिर्माण र देशको नेतृत्वमा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीमा सामूहिक नेतृत्वको प्रस्ताव गरेका छन् । उनले आफूले नेतृत्व हस्तान्तरण […]
‘जल्लाद ट्रेन्ड’ सुरु गर्न पूर्वमन्त्री महेश बस्नेतको अपिल
भक्तपुर । हाल सामाजिक सञ्जालमा ‘Jholey Trend’ र ‘Expose Jholey’ नामका अभियानहरू चलेका बेला पूर्वमन्त्री महेश बस्नेतले यसको प्रतिकारमा नयाँ अभियान सुरु गर्नुपर्ने विचार सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार विदेशीबाट संरक्षित र काठमाडौंका मेयर बालेन शाहबाट पालितपोषित समूहहरूले राजनीतिक नेतासँग फोटो तथा भिडियो खिच्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्। उनले भने, “अब राष्ट्रवादी […]











