नक्सा बदल्ने प्रस्तावमा मत हाल्न अनुपस्थित हुने १२ सांसद को हुन् ? कहाँ हराए नेकपाकै ४ सांसद

काठमाडौं,३१ जेठ । नयाँ नक्सालाई नेपालको संविधानमा रहेको निशान छापमा समेट्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा १२ सांसद अनुपस्थित भएका छन्। प्रतिनिधि सभा बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन शनिबार सर्वसम्मतिले पारित गरेको हो। मतविभाजनमा २५८ सांसद सहभागी भएका थिए। प्रतिनिधि सभामा २७५ सांसद छन्। तर मत विभाजनका क्रममा १२ सांसद अनुपस्थित भएका […]

नक्सा बदल्ने संशोधन प्रस्ताव शत प्रतिशत मतले पारित

 काठमाडौं, ३१ जेठ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट शत प्रतिशत मतले पारित गरेको छ। बुधबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको छ। मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। उनीहरु सबैले संशोधनको पक्षमा मतदान […]

लिम्पियाधुरा समेटिएको नक्साबारे आज संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभाको बैठकले अाज संविधान संशाेधन विधेयक पारित गर्ने भएकाे छ । अाज दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । तय गरिएकाे संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ […]

यूएईबाट उद्धार गरिएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० जेठ । युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको, छ । युएईमा समस्यामा परेकाहरु १५७ जना नेपाली शुक्रबार (२३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका थिए । त्यही टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या […]

लकडाउन खुकुलो बनाउन सरकारले गर्यो यस्ता निर्णय

काठमाडाैं । सरकारले लकडाउनलाई अाज बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ। झण्डै तीन महिनादेखि जारी लकडाउनलाइ खुकुलाे बनाउने बारे मन्त्रिपरिषदले निर्णय गरेकाे हाे । सरकारले लकडाउन व्यवस्थित गर्ने तर जारी राख्ने निर्णय गरेकाे जनाएकाे छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषदकाे बैठकले बिहीबारदेखि लागु हुनेगरी यस्ताे निर्णय गरेकाे हाे । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, […]

थप २ सय ७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो

काठमाडौँ ।  थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ३६४ पुगेको जनाए ।जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् । प्रवक्ता […]

काठमाडौंको न्यूरोडमा प्रहरी र व्यापारीबीच झडप

काठमाडौँ । न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराएको छ । लकडाउनको विरोध गर्दै स्थानीय व्यापारी संघको अगुवाइमा केही दिनदेखि सबै खालका पसलहरु खोलिएका थिए । तर मंगलबार बिहान प्रहरीले खोलिएका पसलहरु बन्द गराएको हो । त्यसक्रममा प्रहरी र न्यूरोड क्षेत्रका व्यापारीबिच झडपको अवस्था समेत आएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिएका छन् । […]

एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या

काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा एक युवकले आफ्नै ५ साथीको हत्या गरेका छन्। घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएकाे हाे। मृतक १४ देखि ४० वर्षसम्मकाे रहेकाे उनले बताए। ‘गाइफार्ममा शव भेटिएका छन्,’ घटनास्थलबाट […]

२४ घन्टामै थपिए २१३ संक्रमित, नेपालमा संक्रमितको सं‌ख्या पुग्यो ३४४८

काठमाडौं, २५ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि याे संख्या बढेको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ […]

मलामी खोज्दै गाउँमा प्रहरी, स्थानीय त्रासमा

कैलाली, २४ जेठ । कैलालीमा प्रहरीले मलामी खाेजेर गाउँ पसेपछि गाउँलेहरु त्रसित भएका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका वार्ड नं ४ मा प्रहरीले यसरी मलामी खाेजेकाे हाे । मलामी खाेज्नुकाे कारण अरु नभइ काेराेना नै रहेकाे बताइएकाे छ । एक मृतक महिलाकाे शव जलाएपछि उनमा काेराेना संक्रमण रहेकाे पुष्टि भएपछि प्रहरीले उनकाे मलामी गएकाहरुलाइ खाेजि […]