काठमाडौँ । थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ३६४ पुगेको जनाए ।जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् ।
प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा थपिएको संख्यासहित नेपालमा संक्रमितको संख्या ४३ सय ६४ पुगेको छ ।
संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।
त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।