सरकारले गोली हानेर कार्यकर्ता हत्या गरेपछि आक्रोशित विप्लवको चेतावनीपूर्ण विज्ञप्ति

काठमाडौं । भाेजपुरमा सरकारले अाफ्ना एक कार्यकर्तालाइ गोली हानेर हत्या गरेपछि आक्रोशित भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।  बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले हत्याकाे बदला अब जनताले लिने चेतावनी समेत दिएका छन् । उनले हत्याका विरुद्ध जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा […]

नेमकिपाका आलोचक दिवाकरद्वारा भक्तपुर नगर प्रमुख प्रजापतिको प्रशंशा

भक्तपुर, १८ जेष्ठ । नेपाल मजदुर किसान पार्टीको कट्टर आलोचक मानिने नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको भने प्रशंशा गरेका छन । नेमकिपाका प्रभावशाली नेता समेत रहेका प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई नेपाली सेनाको कब्जाबाट छुटाउन पहल गरेपछि दिवाकरले खुलेर प्रशंशा गरेका हुन् । भक्तपुरका स्थानीय नेता दिवाकरले पहिलो संबिधान सभाको […]

प्रहरीले गोली हानेर विप्लवका कार्यकर्ताको हत्या

काठमाडौं । प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता  तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी  हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा भोजपुरले जनाएकाे छ । नेकपाका भाेजपुरका […]

खुकुरीले ९ जनालाई सिध्याउने घटनाका आशंकित व्यक्ति नै झुण्डिएको अवस्थामा फेला परे

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको घटनामा अाशंका गरिएका व्यक्ति  झुण्डिएको अवस्थामा फेला परेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले ती युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिएकी हुन् । झुण्डिएको अवस्थामा फेला परेकाे शव मानबहादुर माखिमको भएकाे प्रहरीले पत्ता लगाएकाे छ […]

एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या

फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि […]

कडा सुरक्षाबीच विद्यालय भवनको शिलान्यास

रौतहट, ६ जेठ । रौतहटमा एक स्कूल भवन कडा सुरक्षाबीच शिलान्यास भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले आफ्नै गाउँको स्कूल भवन शिलान्यास गर्दा ब्यापक प्रहरी परिचालन गर्नु परेको हो । आइतवार प्रहरीको घेरामा उनले आफ्नै गाउँमा रहेको जनता माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका हुन् । स्थानीय […]

सरकारले मुआब्जा विवाद समाधान नगरेपछि बागमतीबाट एडीबी हट्दै

काठमाडौं, ५ जेठ । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड […]

पूर्व–पश्चिम राजमार्गमा दुई बस ठोक्किएर भयानक दुर्घटना

हेटाैडा, ४ जेठ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा […]

यसरी मनाइदैछ २५६३ औं बुद्ध जयन्ती

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० […]

मदन भण्डारीकै जवजलाइ वैज्ञानिक कार्यदिशा मान्न प्रचण्ड सहमत

काठमाडौं, ३ जेठ । कुनै समय प्रचण्ड मदन भण्डारी प्रतिपादित जनताकाे बहुदलीय जनवादलाइ काम नलाग्ने संशाेधनवादी विचार हाे भन्थे । तर, हिजाे आज उनी मदन भण्डारीकै प्रेरणामा आफू कम्युनिस्ट आन्दाेलनमा विचारकाे विकासमा लागेकाे भन्न थालेका छन् । यसैक्रममा मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपाले बल्खुमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युनिस्ट […]