भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु

कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे ।

भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै नेपाल अाएकी थिइन । राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएकाे र लगत्तै मृत्यु भएको प्रहरीले जनाएकाे छ । गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले महिलाको मृत्यु भएको जानकारी दिँदै त्यसका बारेमा थप बुझ्न बाँकी रहेकाे बताए ।

Loading...