काठमाडौं, २१ जेठ । लकडाउनका वावजुत माइतीघरमा बुधवार एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरिएकाे छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि घातक रहेकाे भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।
बुधवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले समेत माइतीघरमा प्रदर्शन गरेको छ । त्यसैगरी नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेका छन् ।
जेठ १५ गते सरकारले ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको भन्दै त्यसबाट एमसीसी पारित गर्न खाेजिएकाे प्रदर्शनकारीकाे भनाइ थियाे । उनीहरुले प्रदर्शनका क्रममा एमसीसीलाई अस्वीकार गर्न भन्दै विभिन्न नारा लगाएका थिए ।