एकैपटक २ सय ३६ न्यायाधिशको सरुवा

काठमाडाैं । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो । न्याय परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष तथा सदस्य (न्यायाधीश) तोक्न पनि सिफारिस […]

नेपालको पक्षमा चीन बोलेपछि जोगिए सात सम्पदा

काठमाडौं, २ साउन । विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व सम्पदा समितिको ४३औँ बैठकबाट नेपाललाई सन् २०२२ सम्मको अवधी प्राप्त भएपछि हाललाई खतरा टरेको पुरातत्व विभागको […]

९ हजारका लागि परीक्षा हुन नदिन लोकसेवा अगाडि ठूलो प्रदर्शन

  काठमाडौं, २ साउन । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन खारेजीको माग गर्दै आयोगको केन्द्रीय कार्यालय अगाडि ठूलो पदर्शन भएको छ । ठूलो संख्यामा मानिसहरु जम्मा हुने देखिएपछि प्रहरीले हस्तक्षेप गरेर केहीबेरमै त्यहाँबाट प्रदर्शनकारीहरुलाई हटाएको थियो । काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शनकारीहरुको ठूलो समूह जम्मा भएर बिहीबार केहीबेर घेराबन्दी समेत […]

मसी होइन, गोली लाग्ने पेनसहित पोखराबाट २४ वर्षिय युवक पक्राउ

कास्की, १ साउन । पेनले लेख्ने कुरा त सबैलाई थाँहा नै छ । तर, हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्छ भन्ने थाँहा नहुन पनि सक्छ । प्रहरीले यस्तै पेन गन सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पेनजस्तो देखिने तर बन्दुकको काम गर्न सक्ने पेन […]

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका दुई लाख युवा बेरोजगार

काठमाडौ, १ साउन । सरकारी तथा निजी क्षेत्रबाट मुलुकमा रोजगारी नपाउँदा तालिमप्राप्त जनशक्ति पनि रोजगारीका लागि विदेशिन बाध्य भएका हुन् । तालिम प्राप्त जनशक्ति विदेशिने क्रम बढेपछि सरकारले लिएको समृद्धिको लक्ष्यमा समेत गम्भीर चुनौती सिर्जना हुने देखिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा […]

मोर्चाबन्दी बढेपछि सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच यस्तो सहमति

काठमाडौं, ३१ असार । पार्टी अध्यक्षद्वयको मनोमानी चल्न थालेको भन्दै अरु नेताहरुले मोर्चाबन्दी गर्ने खतरा बढेपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टीमा कार्यविभाजनबारे सहमति जुटेको छ । पार्टी एकता भएको वर्षौ बित्दा पनि सांगठनिक कार्यविभाजन र विभागहरु गठन नभएपछि सत्तारुढ दल नेकपामा व्यापक असन्तुष्टि बढेको थियो । पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका […]

प्रचण्डको गुनासो : कम्युनिस्टको साइन बोर्ड हेरेर जनताले माया गर्दैनन्

काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले जनताको मन जित्न नसके कम्युनिस्टलाई पाठ सिकाइदिने बताएका छन्। नेकपा जिल्ला कमिटी ललितपुरका सदस्यको सपथग्रहण कार्यक्रममा सोमबार बोल्दै उनले जनताको काम गर्न नसकेमा अर्को चुनावमा जनताले पाठ सिकाइदिने उल्लेख गरे। ‘यस्तो अवसरमा पनि काम गर्न नसकेका जनताले कम्युनिस्टको साइनबोर्ड हेरेर मात्रै माया […]

एकातिर वार्ताको हल्ला अर्कोतिर धमाधम कार्यकर्ता पक्राउ

काठमाडौं, ३१ असार । सरकारले वार्ताकाे हल्ला गरिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार उनीहरुलाइ पक्राउ गरेको हाे । पक्राउ पर्नेमा उक्त नेकपाका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल […]

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० अझै बेपत्ता

काठमाडौं, ३० असार । केही दिनदेखि परेकाे अबिरल वर्षासँगै अाएकाे बाढी र पहिरोले जनधनकाे क्षति भएकाे छ । बाढी र पहिराेमा परी देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपाल प्रहरीले बाढी र पहिरोमा परि अझै ३० जना हराइरहेकाे जनाएकाे छ । त्यसैगरी ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा २४ जना महिला […]

ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

गलेश्वर, ३० असार गते । गत एक महीनादेखि ओढारमा बस्दै  आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर […]